IME Life New

जीवन बीमा कम्पनीले ९ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्याए ४४ करोड ७६ लाख रुपैयाँ बोनस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्मको मुनाफाबाट कर्मचारीहरुलाई ४४ करोड ७६ लाख रुपैयाँ बोनस रकम छुट्ट्याएका छन् । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा कर्मचारीहरुको बोनस ७२ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा कम्पनीहरुले कर्मचारीका लागि २६ करोड रुपैयाँ प्रोभिजनिङ गरेका थिए ।

यस वर्ष कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार सँगै कर्मचारीहरुले पाउने बोनस रकम पनि बढ्ने भएको हो । यसरी प्रोभिजनिङ गरिएको रकम अहिले नै प्राप्त हुँदैन । कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएपछि मात्रै लेखापरीक्षण पश्चात मुनाफाबाट १० प्रतिशत रकम बोनसको रुपमा वितरण गर्ने गर्छन् ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुको लेखापरीक्षणमा ढिलाइ हुने भएकाले कम्पनीहरुले अग्रिम रुपमा केहि प्रतिशत बोनस वितरण गर्छन् । बाँकी रकम लेखापरीक्षण पश्चात वितरण गर्ने गरेका छन् । तर कतिपयले लेखापरीक्षण पश्चात वितरण गर्छन् । जीवन बीमा कम्पनीको वास्तविक मुनाफा एक्चुरियल मूल्याङ्कन भएर लेखापरीक्षण गरे पछि मात्रै थाहा हुन्छ । अहिले सार्वजनिक हुने अपरिष्कृत वित्तीय विवरणमा उल्लेखित तथ्याङ्कमा धेरै परिवर्तन हुन्छ । त्यसैले यहि तथ्याङ्कका आधारमा बोनस आउछ भन्दा पनि गल्ति हुन्छ । तर अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले प्रोभिजनिङ गरेको रकमका आधारमा कर्मचारीले पाउने बोनस रकम गणना गरिएको हो ।

बोनस ऐन अनुसार कम्पनीहरुले कर्मचारीहरुलाई मुनाफाको १० प्रतिशत बोनस बापत भुक्तानी गर्नु पर्छ । कर्मचारीहरुले कम्पनीको मुनाफाका लागि दिन रात खटिएर काम गर्ने भएकाले उनिहरुलाई प्रोत्साहन स्वरुप बोनस रकम दिने गरिन्छ ।

चालु आर्थिक वर्षको मुनाफाबाट नेपाल लाइफले कर्मचारीका लागि ६ करोड २९ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । कम्पनीले ५३ लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यस्तै नेशनल लाइफका कर्मचारीका लागि तीन करोड ८० लाख, एलआइसी नेपालका कर्मचारीका लागि एक करोड ५९ लाख, एशियन लाइफका कर्मचारीका लागि २ करोड १६ लाख, मेट लाइफका कर्मचारीका लागि २ करोड ८९ लाख, प्राइम लाइफका कर्मचारीका लागि २ करोड ३३ लाख, गुराँस लाइफका कर्मचारीका लागि एक करोड ६१ लाख, राष्ट्रिय बीमा संस्थानका कर्मचारीका लागि ६४ लाख, सूर्यज्योति लाइफका कर्मचारीका लागि ५ करोड ९७ लाख,  युनियन लाइफका कर्मचारीका लागि एक करोड २९ लाख, प्रभु लाइफका कर्मचारीका लागि एक करोड ४७ लाख, सिटिजन लाइफका कर्मचारीका लागि एक करोड ६६ लाख, आइएमई लाइफका कर्मचारीका लागि २ करोड २ लाख, महालक्ष्मी लाइफका कर्मचारीका लागि ९८ लाख २८ हजार, रिलायबल नेपालका कर्मचारीका लागि २ करोड ८५ लाख, सानिमा रिलायन्स लाइफका कर्मचारीका लागि एक करोड ७८ लाख र सन नेपाल लाइफका कर्मचारीका लागि ५ करोड ९३ लाख छुट्टाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS