IME Life New

जीवन बीमा कम्पनीले ८ अर्ब ५२ करोड नविकरण बीमा शुल्क आर्जन गर्दा प्रथम भने साढे २ अर्ब मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा यी कम्पनीहरुले प्रथम बीमा शुल्क वापत २१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने नविकरण बीमा शुल्क वापत ८३ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, चैत महिनामा मात्रै यी कम्पनीहरुले ११ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रथम बीमा शुल्क वापत २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ र नविकरण बीमा शुल्क वापत ८ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ हेर्दा नविकरण बीमा मार्फत नै जीवन बीमा क्षेत्र टिकेको देखिन्छ । नविकरण बीमा शुल्ककै भरमा जीवन बीमा क्षेत्र चलेको देखिन्छ ।
प्राधिकरणको तथ्याङक अनुसार चैत महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफले ५८ करोड ८१ लाख, नेशनल लाइफले ३१ करोड ४ लाख, सूर्यज्योति लाइफले २३ करोड ९४ लाख, एलआइसी नेपालले १९ करोड ८७ लाख रुपैयाँ आर्जन गरेका छन् ।
त्यसैगरी चैत महिनामा सबैभन्दा धेरै नविकरण बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफले २ अर्ब २९ करोड, एलआइसी नेपालले १ अर्ब २४ करोड, नेशनल लाइफले ८४ करोड १९ लाख, यूनियन लाइफले ४९ करोड ५५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

त्यसैगरी चैत महिनामा आइएमई लाइफले १३ करोड २२ लाख, एशियन लाइफले १२ करोड ४९ लाख, सिटिजन लाइफले ११ करोड ८४ लाख, रिलायबल नेपालले ११ करोड ६१ लाख, सन नेपाल लाइफले ११ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

१० करोडभन्दा कम प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
चैत महिनामा मेट लाइफले ९ करोड ५२ लाख, यूनियन लाइफले ८ करोड २२ लाख, सानिमा रिलायन्स लाइफले ७ करोड ९२ लाख, प्राइम लाइफले ७ करोड १९ लाख, प्रभु लाइफले ५ करोड ३० लाख, गुराँस लाइफले ५ करोड, महालक्ष्मी लाइफले ४ करोड ८८ लाख, राष्ट्रिय बीमा संस्थानले ४ करोड ३६ लाख, रिलायन्स लाइफले ७८ लाख र सानिमा लाइफले ५९ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS