IME Life New

जीवन बीमा कम्पनीले गरे करिब साढे १६ अर्ब बीमाशुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ:नेपाल लाईफ सबैभन्दा अगाडी, गुराँस लाईफ पर्यो पछाडी

गत आर्थिक बर्ष जीवन बीमा कम्पनीको व्यवसाय करिब २६ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक अनुसार गत आव २०७४/७५ मा पुराना जीवन बीमा कम्पनीहरुले जम्मा १६ अर्ब ४४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आव २०७३/२०७४ मा कम्पनीको जम्मा बीमाशुल्क आम्दानी १३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । कम्पनीहरुको कुल बीमाशुल्क आम्दानी भने ४७ अर्ब ८३ करोड रहेको छ ।
कम्पनीहरुले आम्दानी गरेको बीमाशुल्कमध्ये १ अर्ब ३५ करोड रुपैयाँ एकल भुक्तानी बीमा बापत संकलन भएको छ । त्यस्तै बैदेशिक रोजगार बीमा बापत कम्पनीहरुले १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रथम बीमाशुल्क बापत कम्पनीले १३ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत ३१ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको छ ।

Esewa
Crest

नयाँ कम्पनीहरुको बिमाशुल्क आम्दानी करिब ३ अर्ब
गत आर्थिक बर्षमा नयाँ जीवन बीमा कम्पनीहरुले जम्मा ३ अर्ब ६ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नविकरणीय बीमा बापत भने कम्पनीहरुले १८ लाख २५ रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । नयाँ कम्पनीहरुले प्रथम बीमाशुल्क बापत मात्रै १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, एकल भुक्तानी बीमा बापत २६ करोड ५९ लाख र बैदेशिक रोजगार बीमा बापत ८८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् ।

नेपाल लाईफ पहिलो, गुराँस लाईफ अन्तिम
पुराना जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आम्दानी गरेको छ । कम्पनीले गत आवमा मात्रै ५ अर्ब ८४ करोड रुपयाँ जम्मा बीमाशुल्क आम्दानी गरेको छ । गत आवको तुलनामा कम्पनीले ३८ दशमलव ७७ प्रतिशत व्यवसाय बृद्धि गरेको छ । त्यस्तै, धेरै व्यवसाय गर्नेमा लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनी दोस्रोमा परेको छ । कम्पनीले गत आवमा २ अर्ब ९४ करोड रुपैयाँ जम्मा बीमाशुल्क आम्दानी गरेको छ । कम्पनीले व्यवसाय अघिल्लो आवको तुलनामा ११ दशमलव ८३ प्रतिशतले बढेको हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी भने तेस्रो परेको छ । सो कम्पनीले गत आवमा २ अर्ब ३४ करोड रुपैयाँ जम्मा बीमाशुल्क आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २१ द्शमलव ३८ प्रतिशतले बढेको हो । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले गत आवमा जम्मा ५७ करोड २५ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । यो रकम तुलनात्मक रुपले सबैभन्दा कम हो ।

युनियन लाईफ अग्रपंक्तिमा
नयाँ जीवन बीमा कम्पनीहरुलाई भने युनियन लाईफले नेतृत्व गरिरहेको छ । उक्त कम्पनीले गत आर्थिक वर्ष सबैभन्दा धेरै ८४ करोड ९४ लाखको व्यवसाय गरेको छ। त्यस्तै दोस्रोमा आईएमई लाईफ छ, आईएमई लाईफले गत आर्थिक वर्ष ५२ करोड १४ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ, भने तेस्रोमा रिलायबल लाईफ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS