IME Life New

जीवन बीमा कम्पनीमा कहिलेसम्म जारी रहने हो असार मसान्तको चटारो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असार ३१ गते यो महिनाको अन्तिम दिन। असारको मात्रै अन्तिम दिन नभएर यो चालू आर्थिक वर्ष २०८०।८१ कै समापन हुने दिन पनि हो । आर्थिक वर्षको मसान्तको दिन भएकाले बीमा कम्पनीहरूका लागि विशेष चटारो छ।

विशेषगरी जीवन बीमा कम्पनीमा अभिकर्ता, कर्मचारीदेखि लिएर उच्च व्यवस्थापनसमेत पनि यो दिनमा सक्दो व्यापार भित्र्याउने प्रयास गरिरहेका हुन्छन् । असार महिनामा सक्दो बढी व्यापार गरेर वार्षिक कार्य सम्पादनमा अब्बल ठहरिने भरमग्दुर प्रयास सबैबाट हुने गर्छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले २०७७।७८ को असार मसान्तदेखि उधारो बीमामा प्रतिबन्ध लगाए यता असार महिनामा उल्कै व्यापार हुने अवस्थाको भने अन्त्य भएको छ। बीमितबाट बीमाशुल्कको रकम प्राप्त नै नभई कृत्रिमरूपमा आम्दानी बाँधेर व्यापारको अंक बढाउने काम नै उधारो बीमा हो । प्राधिकरणले उधारो बीमा गर्ने बीमकविरूद्ध नगद जरिवाना सहितको नसिहत दिएपछि पछिल्लो समयमा यो घट्दै गएको छ।

बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्षमा अभिकर्तालाई वार्षिक लक्ष्य दिएका हुन्छन्, त्यो लक्ष्य जुन दिन पुरा गर्यो त्यही दिन वर्ष भरको सेवा सुविधा उपभोग गर्न योग्य हुन्छन् । त्यसैले व्यवसायीक भन्दा पनि पार्ट टाइमर अभिकर्ताहरू वर्षभर सरिसृप जस्तै मृत भएर बस्ने र असार मसान्तमा सकृय हुने प्रवृत्ती अलि बढी देखिन्छ।

त्रैमास, अर्द्ध वार्षिक र वार्षिक मसान्तको समयमा छोटो समयमै धेरै व्यापार गर्नुपर्ने तनावले अभिकर्तादेखि प्रमुख कार्यकारी अधिकृतसम्म सबैलाई पिरोल्ने गर्छ।

असार मसान्तमा गज्जबको व्यापार गर्छु भन्नु वर्षभर अध्ययन नगरेर परिक्षा तालिका प्रकाशन भएपछि परिक्षामा अब्बल हुन्छु भनेर कस्सिए जस्तै हो,एकजना अवकाश प्राप्त प्रमुख कार्यकारी अधिकृतले भने, शुरूदेखि नै हाम्रो काम गर्ने तौर तरिका नै मिलेको छैन।

अभिकर्ताले जुन अवधिमा लक्ष्य पुरा गरेको हो ,त्यस पछिको अवधिका लागि मात्र योग्य ठहरिने हो भने यो प्रवृत्तीमा अंकुश लगाउन सकिन्छ,एकजना अनुभवी अभिकर्ता भन्छन्, खास समस्या फुल टाइमर भन्दा पनि पार्ट टाइमर अभिकर्तासँग हो ।

सधैंभरि काम नगरेर आवधिक मसान्तमा मात्र सकृय हुने प्रवृत्ती सबैका लागि अस्वस्थ्यकर हो । छोटो समयमै जोखिमाङ्कन गर्नुपर्दा अण्डरराइटिङ विभागका कर्मचारीले निर्णय गर्ने पर्याप्त समय पाउँदैनन् । त्यही कारणले नै हो असार मसान्तको समयमा रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीले साढे दुई करोड रूपैयाँ बराबरको बीमा प्रस्ताव स्वीकारेको, जसले अन्ततः सुकुम्बासी बस्तीका यूवा सर्जन बिकको ज्यान लियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS