IME Life New

जीवन बीमा कम्पनीको लगानी करिब पौने दुई खर्ब, कुन कम्पनीको लगानी कति हेर्नुहोस्,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


गत आर्थिक बर्षको असार मसान्त सम्ममा जीवन बीमा कम्पनीहरुको लगानी करिब पौने दुई खर्ब पुगेको छ । नेपालमा सञ्चालित १८ जीवन बीमा कम्पनीमध्ये १७ जीवन बीमा कम्पनीको लगानी १ खर्ब ७७ अर्ब ८१ करोड ४६ लााख ५३ हजार रुपैयाँ पुगेको हो । गत जेठ महिनासम्ममा कम्पनीहरुको लगानी १ खर्ब ७२ अर्ब ३४ करोड ६१ लााख २२ हजार रुपैयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरुले प्राप्त गरेको बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । यसरी गरिएको लगानीबाट प्राप्त मुनाफाबाट नै कम्पनीहरुले वीमितलाई बोनश र लगानीकर्तालाई लाभांश वितरण गर्दै आएका छन् । कम्पनीहरुलाई लगानी गर्नका लागी बीमा समितिले निश्चित क्षेत्र पनि तोकि दिएको छ ।

Esewa
Crest

समितिको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लगानी गरेको छ गत आवको अन्त्यसम्ममा कम्पनीले ५७ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २० अर्ब ९३ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३६ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तो छ व्यवस्था
समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरूले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ । उक्त क्षेत्रमा कम्पनीहरूले जुनसुकै अवस्थामा पनि कुल लगानी रकमको २५ प्रतिशत नघट्ने गरी ‘क’ वर्गमा लगानी गरिएको हुनुपर्ने समितिको व्यवस्था रहेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको २० प्रतिशत लगानी गर्नुपर्नेछ ।

वाणिज्य बैंकको मुद्दती निक्षेप तथा अल्पकालीन लगानीमा भने कम्पनीहरूले कुल लगानी रकमको ३५ प्रतिशत नघट्ने गरी लगानी गरेको हुनुपर्नेछ । विकास बैंकको मुद्दती निक्षेप कुल लगानी रकमको १५ प्रतिशत नबढ्ने गरी लगानी गर्न सकिनेछ ।
नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामूहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरी लगानी गर्न सकिनेछ । उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्र (जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) मा कुल लगानी रकमको ५ प्रतिशत नबढ्ने गरी लगानी गर्न सकिनेछ । त्यस्तै, जीवन बीमा कम्पनीले भने इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ प्रतिशत नबढ्ने गरी लगानी गर्न सक्नेछन् ।

गत असार सम्मको कम्पनीहरुको लगानी विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS