IME Life New

जीवन बीमामा बीमाङ्क रकम रोज्नुअघि ध्यान दिनुपर्ने पक्षहरु के-के हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हामी सबैलाई थाहा छ हामी सबैको मृत्यु निश्चित छ; तर हामी मध्ये कसैलाई थाहा छैन कहिले, कसरी, र त्यहाँ हामीले यसको बारेमा केहि गर्न सक्दैनौं। हामीले के गर्न सक्छौं भने हाम्रो जीवनलाई असर गर्ने हानि वा दुर्घटनाको जोखिम वा अनिश्चिततालाई नियन्त्रण वा स्थानान्तरण गरेर जोखिममुक्त, सहज, स्वस्थ, सुरक्षित र सुरक्षित सुन्दर जीवनको सृजना गर्नु हो। तर कसरी सम्भव छ?

जीवन बीमाबाट मात्र यो सजिलै सम्भव छ। यद्दपी मानव जीवनको मूल्य र अनिश्चित जोखिमलाई पैसाका आधारमा पूर्णमापन गर्न असम्भव छ। तर जीवनको यो जोखिम निर्धारण गरी सम्भावित र उचित जोखिमका केही महत्त्वपूर्ण पक्षलाई ध्यानमा राखी लिखितरुपमा जीवन बीमा कम्पनीलाई जोखिम हस्तान्तरण गरेर सुरक्षित हुने प्रयास गर्न भने संभव छ।

Esewa
Crest

यस अवस्थामा जीवन बीमा कम्पनीले बीमाशुल्क भुक्तानीको आधारमा बीमालेखमा तोकिएको रकमको सीमा वा बीमाङ्कको सीमासम्म वित्तीय सुरक्षाको प्रत्याभूति दिन्छ।

कसैले जीवन बीमा गर्न चाहन्छ भने – के उसले जति सुकै पनि रकमको जीवनबीमा खरिद गर्न सक्छ ? अवश्य पनि सक्दैन । किनकी बीमाङ्क वा बीमाको रकम प्रस्तावकको वार्षिक आम्दानीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ,नियमित आयश्रोत र त्यसबाट प्राप्त हुने आम्दानीको आकारसँग अन्तरसम्बन्धित हुन्छ। जीवन बीमालेख खरिद गर्नु अघि उचित बीमाङ्क रकम छनौट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

जीवन बीमामा बीमाङ्क निर्धारण गर्ने निर्णय लिनु अघि प्रस्तावकले र बीमाङ्क छनौटमा सुझाव दिने अभिकर्ताले यी पक्षहरुमा विचार गर्नुपर्छ:

  • प्रस्तावकले भविष्यमा प्राप्त गरे दाबी रकम बालबच्चाको शिक्षा वा वैवाहिक प्रयोजनाका लागि खर्च गर्ने हो वा होइन ?
  • प्रस्तावकले भविष्यमा जीवन यापनका लागि बीमा दाबीकाे रकम उपयोगमा ल्याउने हो वा होइन ?
  • प्रस्तावकमाथि आश्रितहरु जस्तै श्रीमान् वा श्रीमति छोराछोरी आमाबाबु दाजु भाई दिदी बहिनी वा परिवारका अन्य कुनै सदस्यलाई भविष्यसम्म आर्थिकरुपमा सुरक्षित राख्न कति पैसाको खाँचो पर्न सक्ला ?
  • प्रस्तावकको अनुपस्थिति अर्थात् निधन भएको अवस्थामा आश्रित परिवारजनको काँधमा आइपर्न सक्ने वित्तीय दायीत्व पुरा गर्नका लागि बीमा दाबीको रकम पर्याप्त होला कि नहोला ?
  • प्रस्तावकको वा बीमा प्रस्तावकको हालको उमेर कति छ? उसले अझै कति वर्षसम्म सृकयतापूर्वक पेशा व्यवसाय वा जागिर गर्न सक्छ ?
  • प्रस्तावकको नियमित आम्दानी कति छ ? उसले वर्ष दिनमा कति रकम बचत गर्न सक्छ ? आम्दानीको श्रोत कतिको स्थायी वा भरपर्दो छ?
  • बीमावापतको किस्ता भुक्तानी गर्ने समयमा बीमितलाई एकदमै तनाव हुनुहुँदैन। बीमितले वर्ष दिनभरमा योजना बनाएर सहजरुपमा बीमाशुल्कवापतको रकम जोहो गर्न सक्नुपर्छ।

बीमाङ्क रकम निर्धारणको समयमा अपनाइने बुद्धिमताले नै जीवन बीमालेखको निरन्तरतालाई सुनिश्चित गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS