IME Life New

जीवन बीमामा नयाँ फड्को : जन्मेको एक महिनामा नै जीवन बीमा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १ । नववर्ष २०७५ को अवसर पारेर रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको लागि “मेरो मुटु बाल जीवन बीमा” योजना ल्याएको छ ।

एक महिनाको उमेरदेखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आश्वस्तता प्रदान गर्नेछ ।

यस योजनाको अन्य विशेषता भनेको, परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधि भरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमा अवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दतपुग्ने कम्पनीको विश्वास रहेको छ ।

यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारी समेत कम्पनीले गरेको छ ।

सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित रिलायन्स लाईफ इन्स्योरेन्सको कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS