IME Life New

जीवन बीमाको बृद्धिदरलाई लिएर बीमक र प्राधिकरण चिन्तित, तालिमका कार्यक्रमदेखि लिएर क्षमता बढाउन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित निर्देशहरु सँग जीवन बीमा क्षेत्रमा देखापरेका पछिल्ला चुनौतीहरुलाई कसरी सामाना गर्ने भनेर बृहत छलफल गरेको छ । आगामी आर्थिक वर्षमा नियामक बीमा प्राधिकरण र सम्पुर्ण जीवन बीमा कम्पनीहरुले कसरी एकिकृत भएर काम गर्ने भन्ने विषयमा अन्तर्क्रिया गरेको हो ।

दुबै पक्षले आगामी आर्थिक वर्षको बजेटमा दिएका सुझावलाई कसरी बजेट भित्र पार्न सकिन्छ भनेर एक आपसमा छलफल समेत भएको छ । जीवन बीमक संघ नेपाल र नेपाल बीमा प्राधिकरणले अर्थमन्त्रालयलाई बजेटका लागि सुझाव दिइसकेको छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले अहिलेको जीवन बीमाको बृद्धिदरलाई लिएर चिन्ता व्यक्त गरेका थिए । अझै असारसम्ममा जीवन बीमा व्यवसायमा गिरावट हुने देखिएकाले यस विचमा के गर्न सकिएला भन्दै समिक्षा गरिएको थियो । दुबै पक्ष विच समग्रमा जीवन बीमाको पहुँच कसरी बढाउने भन्ने विषयमा कुराकानी भएको थियो ।

बीमा पहुँच विस्तारका लागि सबैभन्दा पहिला जनचेतना बढाउनु पर्नेमा दुबै पक्षको एक मत रहेको छ । यसका लागि दुबै पक्षले एक आपसमा मिलेर विभिन्न गतिविधि गर्नु पर्ने आवाज उठेको थियो । व्यवसायमा मन्दी छाइरहेको समयमा तालिमका कार्यक्रमदेखि लिएर क्षमता बढाउने काममा केन्द्रित हुनु पर्ने सबैको सुझाव रहेको छ ।

असारको समयमा बीमा कम्पनीहरु विच व्यवसाय बढाउने नाममा अस्वस्थ प्रतिस्पर्धा थियो । तर यस पटक बीमा ऐनमै एक अभिकर्ताले एउटा बीमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरिदिएकाले असारको समयमा आएर एउटा कम्पनीको व्यवसाय अर्को कम्पनीमा तानातान हुने अवस्था नहोला भन्ने अपेक्षा गरिएको छ ।

बीमा प्राधिकरणका अध्यक्षले थिती बसाउने समय आएको भन्दै मर्जर भएका कम्पनीहरुलाई बीमाको बृद्धि विकासका लागि खर्च गर्न आह्वान गरेका छन् । उनले यति ठुलो फण्ड भएका कम्पनीहरुले डिजिटल प्रविधिका लागि खर्च गर्न डराउन नहुने धारणा व्यक्त गरेका थिए । बीमकहरुले प्राधिकरण समक्ष छिटो भन्दा छिटो नियमावली ल्याइदिन अनुरोध गरेका थिए ।

बीमकहरुले यस पटक पनि कर छुटको दायरा बढाउन अनुरोध गरेका छन् । उनिहरुले यस वर्ष एक लाख रुपैयाँसम्मको कर छुटको सुविधा पाउने व्यवस्था गरिदिन प्राधिकरण मार्फत बजेटमा सुझाव दिएका हुन् । मन्त्रालयले प्राधिकरणलाई धेरेवटा कार्यक्रमको सूची नपठाइ नभइ नहुने विषयबस्तुलाई मात्रै समेन्ट अनुरोध गरेको थियो । त्यसैले प्राधिकरणले पनि कृषि बीमा तथा लघु बीमाका केहि कार्यक्रम र कर छुटको लागि सुझाव दिएको छ ।

बीमक संघले लगानी निर्देशिका संशोधनका लागि सुझाव दिएको छ । उनिहरुले ऋणपत्रमा १५ प्रतिशतसम्म लगानी गर्नै पर्ने व्यवस्थालाई ५ प्रतिशतमा झार्न अनुरोध गरेका छन् । अध्यक्ष सूर्य सिलवालले बीमकहरुलाई आगामी वर्षको आफ्नो अन्तरिक कार्यक्रम तथा योजनामा बीमाको जनचेतनादेखि लिएर क्षमता बढाउने कार्यक्रमहरु तयार पार्न सुझाव दिएका छन् । उनले प्राधिकरण र बीमहरुले एउटै मिसन लिएर हिड्नु पर्ने अनि मात्रै सफल होइने बताएका थिए ।

प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न थालेको भन्दै सिलवालले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अबलम्बन गर्दै जानु पर्ने धारणा व्यक्त गरेका छन् । नयाँ बीमा ऐन अनुसार कायम भएका नयाँ व्यवस्थाहरुको पनि परिपालना गर्दै जानु पर्ने विषयमा सबैको एक मत रहेको छ ।

धुलिखेलमा आयोजना भएको कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल, उपाध्यक्ष नेपाल लाईफका प्रवीण रमण पराजुली, महासचिवमा सूर्यज्योती लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री, कोषाध्यक्ष एशियन लाईफका दिनेश लाल श्रेष्ठ, सदस्यहरू एलआईसी नेपालका एलपि दास, आईएमई लाइफका कवि फुयाल र रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌को उपस्थिति थियो । त्यस्तै राष्ट्रिय बीमा संस्थानका कवि प्रसाद पाठक, सानिमा रिलायन्स लाइफका शिवनाथ पाण्डे, महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई, नेशनल लाइफका सुरेश प्रसाद खत्री, मेट लाइफका निर्मल काजी श्रेष्ठ, सन नेपाल लाइफका राजकुमार अर्याल, हिमालयन लाइफका मनोज कुमार लाल कर्ण लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS