IME Life New

जीवन बीमाको प्रस्तावहरु किन अस्वीकृत हुन्छन् ? थाहा पाई राख्नुहोस् यी कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको प्रस्ताव स्वीकृत र अस्वीकृत गर्ने प्रकृया प्राविधिक प्रकृया हो । जीवन बीमकको अण्डरराइटरले जहिले पनि बीमितको उमेर, पेशा, पेशामा निहित जोखिम, स्वास्थ्य अवस्था, पारिवारिक स्वास्थ्यको इतिहास, परिवारका सदस्यहरूको औसत आयू, बीमितको आय श्रोत, आयश्रोतको स्थायीत्वको संभावना, बीमा योग्य हित लगायतको विषयमा सुक्ष्मरुपमा अध्ययन गरेर मात्र स्वीकृत अस्वीकृत गर्ने निर्णय लिन्छ। यसबाहेक आवश्यक परेको अवस्थामा बीमितले पेश गरेको स्वास्थ्य परिक्षण प्रतिवेदनहरुको सम्बन्धमा चिकित्सकहरुसँग परामर्श समेत लिनेगर्छ। सन्तोषजनक विवरणहरु नपाएको अवस्थामा बीमा प्रस्ताव बीमा कम्पनीबाट अस्वीकृत भई दिनसक्छ वा बीमकले प्रस्तावमा उल्लेख गरिएको भन्दा कम बीमाङ्कको बीमा गर्न सुझाव दिन सक्छ।

जीवन बीमा प्रस्ताव अस्वीकृत हुनुका पछाडि निश्चित कारणहरु हुन्छ। ती मध्ये केही मुख्य कारणहरु यस्ता छन्ः

Esewa
Crest

१) जीवन बीमाको प्रस्तातवमा प्रस्तावकले आफ्नो स्वास्थ्य सम्बन्धि वास्तविक विवरण लुकाएको अवस्थामा ।

२) बीमा प्रस्तावमा उल्लेखित बीमितको उमेर  र उमेर खुल्ने प्रमाणमा उल्लेखित उमेरभन्दा कम वा बढी भएमा।

३) प्रस्तावकको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी ठूलो बीमाङ्कको बीमा रोजेको अवस्थामा ।

४) प्रस्तावकले आफ्नो वास्तविक पेशा लुकाएको र विदेशमा बसोबास गर्ने भए सोको जानकारी लुकाएको अवस्थामा।

५) यदि बीमालेख नवीकरण गर्दा बीमितले शारीरिक रोग सम्बन्धी कुनै विवरण लुकाएर व्यतित बीमालेखको पुनर्जागरण नवीकरण गरेको अवस्थामा ।

६) फर्जी स्वास्थ्य परिक्षण प्रतिवेदन पेश गरेको अवस्थामा ।

७) महिलाले गर्भावस्थामा बीमा लिइरहेको वा जानकारी लुकाएर बीमा पुनर्जागरण गरेको अवस्थामा।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS