IME Life New

जीवन बीमाको दाबी भुक्तानीमा उल्लेख्य सुधार, पाँच वर्षमा साढे २ गुणा वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीबाट बीमितले एक वर्षको अवधिमा करिब ५९ अर्ब रूपैयाँभन्दा बढी दाबी भुक्तानी पाएका छन् । जीवन बीमामा सर्वसाधारणको पहुँच बिस्तारसँगै ठूलो बीमाङ्कको बीमा गर्ने प्रचलन बढ्दै जाँदा दाबी भुक्तानीको रकम समेत क्रमशः वृद्धि हुँदै गएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीले २ लाख ५४ हजा ७९८ जनालाइ दाबी भुक्तानी दिएका छन् । वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार यो संख्याको दाबीवापत जीवन बीमकले कूल ५८अर्ब ९८ लाख रूपैयाँ दाबी भुक्तानी दिएका छन् । जीवन बीमकले २० हजार ७९३ दाबीवापत जम्मा १ अर्ब २२ करोड रूपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको थियो ।

Esewa
Crest

आव २०७८/७९ मा जीवन बीमकले ६२ हजार ८०६ दाबीवापत ६ अर्ब ४० करोड रूपैयाँ पुरानो दाबी भुक्तानी दिन बाँकी रहेकोमा उल्लेख्यरूपमा दाबी भुक्तानी गरेपछि आव २०७९/८० मा यो रकम १ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १ लाख ३६ हजार ४६४ जीवन बीमालेखको दाबी भुक्तानी गरेका बीमकले २०७८।७९ मा २ लाख ४० हजार ९६८ बीमालेखको दाबी भुक्तानी दिएका छन् । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ यता ५ वर्षको तुलनामा दाबी भुक्तानी रकम करिब साढे २ गुणाले बढेको छ। आव २०७५।७६ मा जीवन बीमकले २१ अर्ब ४७ करोड रूपैयाँ दाबी भुक्तानी दिएका थिए ।

जीवन बीमा कम्पनीबीच दाबी भुक्तानीका लागि प्रतिस्पर्धासँगै बीमित समेत सचेत हुँदै गएकाले पछिल्लो समयमा दाबी भुक्तानीको रकम र अनुपात दुबै बढ्दै गएको देखिन्छ। आफ्ना बीमितले मृत्यु दाबी भुक्तानी नपाउँदा अभिकर्ताले समेत व्यापार नदिएर बीमकलाइ अप्ठेरो पार्ने, कानूनी उपचार खोज्नका लागि प्राधिकरणमा उजुरी गर्न सुझाव दिने लगायतको प्रवृत्ती पनि बढेकाले पछिल्लो समयमा बीमकले मृत्यु दाबीको भुक्तानीमा आलटाल गर्न सहज छैन ।

जीवन बीमकका अनुसार पछिल्लो समयमा म्यादी र लघु बीमालेखको साथै वैदेशिक रोजगार बीमालेखको बिक्रीका कारण पनि दाबी भुक्तानी संख्यामा उल्लेख्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS