IME Life New

जीवन बीमकहरुको आधा व्यवसाय बागमती प्रदेशमा, अन्य प्रदेशमा बजार हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आधाजसो व्यवसाय बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले यो ७ महिनामा ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ३८ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.७१ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

Esewa
Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो ७ महिनामा कुल व्यापारको १५.४७ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा लुम्बिनी प्रदेशबाट १३ अर्ब १४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १० अर्ब ४४ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.०१ प्रतिशत रहेको छ।

यो ७ महिनामा जीवन बीमकले गण्डकी प्रदेशबाट ८ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, मधेश प्रदेशबाट ७ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ५ अर्ब २० करोड ५८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.२१ प्रतिशत, मधेशमा ८.८४ प्रतिशत, सुदूपश्चिममा ५.९९ प्रतिशत र कर्णालीमा २.७६ प्रतिशत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS