IME Life New

जीवन बीमकले नयाँ बीमालेख तयार पार्दा नै भावी बाेनशकाे व्यवस्था गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । जीवन बीमा कम्पनीहरुले नयाँ जीवन बीमा याेजना तयार पार्दा अनिवार्यरुपमा भावी बाेनश व्यवस्था फ्युचर बाेनश रिजर्भ व्यवस्था गर्नुपर्ने भएकाे छ। जीवन बीमालेख निर्देशिका २०७९ काे दफा २२ मार्फत् नेपाल बीमा प्राधिकरणले जीवन बीमालेखकाे बीमाशुल्क दर निर्धारण गर्दा नै कम्तीमा फ्युचर बाेनश रिजर्भ बराबर हुने गरी बाेनश लाेड(बाेनश भार) गर्नुपर्ने प्रावधान ल्याएर बाेनश लाेडिङ अनिवार्य गरेकाे हाे ।

बाेनश लाेडिङले बीमितमा बीमाशुल्क दरकाे भार बढाउने भएपनि बीमालेख परिपक्व भएपछि वा त्यस अगावै पनि भुक्तानी पाउँदा राम्राे बाेनश दर सहित भुक्तानी पाउने भएकाले ठगिएकाे महशुस गर्दैनन् । त्यसैले प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई मुनाफामा सहभागी हुने गरी जारी गरिने सबै किसिमकाे जीवन बीमालेखकाे मूल्य(बीमाशुल्क दर) निर्धारणकाे क्रममा नै भावी बाेनशका लागी समेत व्यवस्था हुने गरी दर निर्धारण गर्नुपर्ने प्रावधान लागू गरेकाे हाे ।

Esewa
Crest

यसअघि विशेषगरी पुराना जीवन बीमा कम्पनीहरूले भावी बाेनश दरकाे बारेमा खासै गम्भीरतापूर्वक व्यवस्थापन नगर्दा सस्ताे बीमाशुल्कका कारण बजारमा बीमालेखकाे माग बढेपनि परिपक्व अवधिपछि बीमितलाई भुक्तानी गर्दा १० वर्षकाे अवधिपछि एक लाख बीमा‌ंककाे बीमालेखमा बाेनश रकम पचास हजार रूपैयाँभन्दा पनि थाेरै भुक्तानी पाउने अवस्था छ।

भावी बाेनश सम्बन्धी व्यवस्था नगरी बीमा याेजनाकाे बीमा दर कायम गर्दा बीमाशुल्क सस्ताे पर्ने भएपनि भविष्यमा बीमितले मुद्रा स्फितिकाे साथै चल्तीकाे बचत ब्याजद भन्दा पनि एकदमै न्यून रकम भुक्तानी पाउने समस्या देखा परेपछि प्राधिकरणले बीमालेख निर्देशिका मार्फत् नै बीमालेखमा नै फ्युचर बाेनश सुनिश्चित गर्न निर्देशन दिनुपर्ने अवस्था आएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS