IME Life New

जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्चिए ३ अर्ब बढी, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म कर्मचारीको तलबभत्तामा ३ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

हाल सञ्चालनमा १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीको तलबभत्तामा ३ अर्ब १२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले २ अर्ब ९० करोड रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कम्पनीहरुको खर्च ७.६२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा ११ वटा कम्पनीको कर्मचारीको तलबभत्तामा हुने खर्च बढेको छ भने ३ वटाको घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ। यो कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४२ करोड ९५ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ९.९८ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल लाइफले ४० करोड ११ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिसम्म ८.८५ प्रतिशतले घटेर ३६ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ३७ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च १.४४ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म नेसनल लाइफले २४ करोड ६५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ४.३९ प्रतिशतले बढेको छ।

त्यस्तै चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म कर्मचारीको तलबभत्तामा सानिमा रिलायन्स लाइफले २३ करोड ५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले २१ करोड ८ लाख रुपैयाँ, आइएमई लाइफले १९ करोड ७८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १९ करोड ३५ लाख रुपैयाँ र मेट लाइफले १८ करोड २७ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म यी सबै कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म सिटिजन लाइफले १७ करोड ९८ लाख रुपैयाँ, सन नेपाल लाइफले १७ करोड ९२ लाख रुपैयाँ, एसियन लाइफले १६ करोड ५९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १६ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ लाख ८२ हजार रुपैयाँ खर्च गरेका छन्। सिटिजन लाइफ, सन नेपाल लाइफ, एसियन लाइफ र रिलायबल नेपाल लाइफको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको भने राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS