IME Life New

जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्चिए पौने २ अर्ब, कसले कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म कर्मचारीको तलबभत्तामा पौने २ अर्ब रुपैयाँ खर्च गरेका छन्।

हाल सञ्चालनमा १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको ३ महिनामा कर्मचारीको तलबभत्तामा १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ खर्च गरेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले १ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कम्पनीहरुको खर्च १३.४८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा १२ वटा कम्पनीको कर्मचारीको तलबभत्तामा हुने खर्च बढेको छ भने २ वटाको घटेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ। यो कम्पनीले २५ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड २० लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च २८.४७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफले २१ करोड ४५ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा १४.६४ प्रतिशतले बढेर २४ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १८ करोड २४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ५.६३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा नेसनल लाइफले १४ करोड ५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १२ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ९.८८ प्रतिशतले बढेको छ।

त्यस्तै चालु आर्थिक वर्ष प्रथम त्रैमासमा कर्मचारीको तलबभत्तामा सानिमा रिलायन्स लाइफले १२ करोड ६५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ११ करोड ४३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १० करोड ७२ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड २४ लाख रुपैयाँ र आइएमई लाइफले १० करोड १४ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा सानिमा रिलायन्स लाइफले ११ करोड ९६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ९ करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १० करोड ४२ लाख रुपैयाँ, सिटिजन लाइफले ८ करोड ९१ लाख रुपैयाँ र आइएमई लाइफले ७ करोड १९ लाख रुपैयाँ खर्च गरेका थिए। यी सबै कम्पनीले खर्च बढेको छ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफले ९ करोड ९५ लाख रुपैयाँ, मेटलाइफले ९ करोड ८२ लाख रुपैयाँ, सन नेपाल लाइफले ९ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ९ करोड २३ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष रिलायबल नेपाल लाइफले ७ करोड १ लाख रुपैयाँ, मेटलाइफले ९ करोड ९ लाख रुपैयाँ, सन नेपाल लाइफले ८ करोड ७१ लाख रुपैयाँ र एसियन लाइफले ९ करोड २ लाख रुपैयाँ खर्च गरेका थिए। यी कम्पनीको खर्च बढेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीले भने चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण कर्मचारीको तलबभत्तामा ३ लाख ६५ हजार रुपैयाँमात्रै खर्च भएको देखाएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३३ लाख ६१ हजार रुपैयाँ कर्मचारीको तलबभत्ताको खर्च भएको देखाएको थियो। कम्पनीको खर्च ८९.१४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS