IME Life New

जीवन बीमकले इन्भेष्टमेन्ट कम्पनीको शेयरमा २८ अर्ब ७८ करोड लगानी गर्न सक्ने, कुन कम्पनीको क्षमता कति ?  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ध्यान इन्भेष्टमेन्ट कम्पनीमा बढ्दै गइरहेको छ । पछिल्ला दिनमा सहायक कम्पनी खोल्ने तथा लगानी गर्नेको संख्या बढेको छ । इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्ने क्रममा बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट नियमनको दायरामा रहेका मर्चेन्ट बैंकलाई नै खरिद गरिरहेका छन् ।

जीवन बीमा क्षेत्रमा एशियन लाइफले यसको पहिलो अभ्यास गरेको थियो । कम्पनीले वेल्थ क्यापिटल खरिद गरेर एशियन क्यापिटल बनाएको छ । जसमा एशियन लाइफको ५१ प्रतिशत लगानी रहेको छ । त्यस्तै सन नेपाल लाइफले पुर्ण स्वामित्वमा रहने गरी ‘सन नेपाल क्यापिटल लिमिटेड’को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

Esewa
Crest

रिलायबल नेपाल लाइफले पनि नेपाल धितोपत्र बोर्डमा ‘रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड’ नामक मर्चेन्ट बैंक स्थापनाका लागि आवेदन दिएको छ । नेपाल लाइफले पनि नेशनल मर्चेन्ट बैंकर लिमिटेड नै खरिद गरेको छ । जसमा नेपाल लाइफको ५१ प्रतिशत लगानी रहेको छ ।

बीमा कम्पनीहरुले यस्ता इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न थाले पनि नेपाल बीमा प्राधिकरणले ‘जीवन बीमकको लगानी निर्देशन नै संशोधन गर्दै जीवन बीमा कम्पनीले इन्भेष्टमेन्ट कम्पनीको शेयरमा कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थप गरिदिएको छ । यसरी लगानी गरिने कम्पनी पब्लिक लिमिटेड कम्पनी हुनु पर्नेछ ।

बीमा कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार विद्यमान जीवन बीमा कम्पनीहरुले इन्भेष्टमेन्ट कम्पनीको शेयरमा अधिकतम २८ अर्ब ७८ करोड रुपैयाँसम्मको लगानी गर्न सक्ने देखिन्छ । बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको ५ प्रतिशत यस्तो क्षेत्रमा लगानी गर्न पाउने भएकाले ठुला कम्पनीले पुर्ण स्वामित्वमै सहायक कम्पनीको रुपमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सक्ने देखिन्छ ।

दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले ५ खर्ब ७५ अर्ब भन्दा बढि रकम लगानी गरेकोमा नेपाल लाइफको मात्रै कुल लगानी एक खर्ब ५६ अर्ब रुपैयाँ छ । यस हिसावले नेपाल लाइफले इन्भेष्टमेन्ट कम्पनीको शेयरमा मात्रै ७ अर्ब ८२ करोड रुपैयाँ लगानी गर्न सक्छ ।

त्यस्तै एलआइसी नेपालको कुल लगानी एक खर्ब २ अर्ब रहेको छ । कम्पनीले ५ अर्ब भन्दा बढि इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्न सक्छ । बाँकी कम्पनीहरु नेशनल लाइफ तीन अर्ब, मेट लाइफ एक अर्ब ३२ करोड, एशियन लाइफ एक अर्ब ९२ करोड, सूर्यज्योति एक अर्ब ४२ करोड, गुराँस लाइफ ७६ करोड, प्राइम लाइफ एक अर्ब १५ करोड, आइएमई लाइफ ४५ करोड, युनियन लाइफ ७८ करोड, सन नेपाल लाइफ ३७ करोड, रिलायबल नेपाल ४८ करोड, रिलायन्स ३५ करोड, सिटिजन लाइफ ५६ करोड, सानिमा लाइफ ३० करोड, प्रभु लाइफ ३१ करोड, महालक्ष्मी लाइफ २५ करोड र राष्ट्रिय बीमा संस्थानले २२ करोड रुपैयाँ इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्न सक्ने छन् ।

तथ्याङ्क : रु हजारमा

बीमा कम्पनीहरुको कोष हरेक वर्ष बढ्दै गइरहेको छ । बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै लगानी गर्दै आइरहेका बीमा कम्पनीहरुले छुट्टै लगानी व्यवस्थापन गर्ने कम्पनीको रुपमा मर्चेन्ट बैंक खोल्ने रणनीनिमा जुटेका छन् ।

मर्चेन्ट बैंक स्थापनका लागि नेपाल धितिपत्र बोर्डबाट अनुमति प्राप्त गर्नु पर्छ । मर्चेन्ट बैंक सँग सम्बन्धित सम्पुर्ण कार्यहरु सञ्चालन गर्नका लागि न्युनतम चुक्ता पूँजी २० करोड हुनु पर्नेछ । जस अन्तर्गत निष्काशन तथा बिक्री प्रवन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराइटर), शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको काम गर्न पाइनेछ । धितोपत्र प्रत्याभूतिकर्ताको रुपमा काम गर्दा नेटवर्थको तीन गुणासम्म पाइनेछ भने लगानी व्यवस्थापकको रुपमा काम गर्नेले नेटवर्थको १५ गुणासम्म लगानी व्यवस्थापनको काम गर्न पाउने छन् ।

यस्ता  कम्पनीले म्युचुअल फण्ड सञ्चालन गर्नेदेखि लिएर शेयर रजिष्ट्रारसम्मको काम गर्न पाउने छन् । जीवन बीमा कम्पनीहरुले यस्ता इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा आफ्नो लगानीको लागि मात्रै होइन अन्य काम पनि गर्न पाउछन् । नेपालका मर्चेन्ट बैंकहरुले शेयरधनीहरुलाई राम्रो प्रतिफल प्रदान गर्दै आइरहेका छन् । यसले गर्दा पनि बीमा कम्पनीहरु यस्ता मर्चेन्ट बैंकहरु प्रति आकर्षित हुँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS