IME Life New

जीवन बीमकलाई सञ्चार माध्यमबाट दाबी भुक्तानीको प्रचार-प्रसार नगर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरुलाई सञ्चार माध्यमबाट बीमा दाबी भुक्तानीको अनावश्यक प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले सबै जीवन बीमकको नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘बीमकले सञ्चार माध्यमबाट बीमा दाबी भुक्तानीको अनावश्यक प्रचार–प्रसार गर्नुको सट्टा तहाँको दाबी भुक्तानीसम्बन्धी आबधिक विवरण सार्वजनिक रुपमा प्रकाशन गर्दा एवं बीमालेखको सर्तअनुसार भुक्तानी गर्न यकिन भएका बीमालेख अविलम्ब भुक्तानी गर्दा बीमकको दाबी भुक्तानीप्रतिको प्रतिबद्धताका साथै बीमा करारबमोजिम बीमितप्रति सिर्जित दायित्व निर्वाह भएको देखिन्छ’, परिपत्रमा भनिएको छ, ‘त्यसैले यसतर्फ विशेष पहलकदमी लिन निर्देशानुसार अनुरोध गरिन्छ।’

Esewa
Crest

बीमा व्यवसायमा बीमितलाई बीमालेखको सर्तअनुरुप दाबी भुक्तानी गर्नु तथा बीमा करारबमोजिम सिर्जित दायित्व निर्वाह गर्नु बीमकको नियमित कार्य भएको प्राधिकरणले अवगत गराएको छ। ‘तर, कतिपय बीमकबाट बीमा दाबी भुक्तानी गरेको विषयमा व्यक्तिगत तस्बिर राखी चेक हस्तान्तरण गरेको विषयहरु विभिन्न सञ्चार माध्यमवाट अनावश्यक रुपमा प्रचार–प्रसार गरेको देखिएको छ’, परिपत्रमा भनिएको छ, ‘त्यसले समग्र बीमा व्यवसायमा दुरगामी दुष्प्रभाव पर्नसक्नेतर्फ ध्यानकर्षण गराइन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS