IME Life New

जीवन बीमकको ८%ले बढ्यो व्यापार, वृद्धिदरमा रिलायबल, सिटिजन र नेसनल लाइफ अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेखबाट ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ८ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ। समीक्षा अवधिमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरमा रिलायबल नेपाल लाइफ अगाडि रहेको छ।

चालु आर्थिक वर्षको कात्तिकसम्म नेपाल लाइफले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १४.६७ प्रतिशतले बढेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले समीक्षा अवधिसम्म ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेन्स (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्म हिमालयन लाइफले ५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब २५ करोड १३ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार ४.०५ प्रतिशत, सूर्यज्योति लाइफको १७.७१ प्रतिशत, एसियन लाइफको १६ प्रतिशत, सिटिजन लाइफको २२.९१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ८.६६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म मेट लाइफले १ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा मेट लाइफको व्यापार ९.३१ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ५८ प्रतिशतले घटेको छ।

२०८१ कात्तिकसम्म प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मीको व्यापार १८.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको २८.५४ प्रतिशत, आइएमई लाइफको १७.८२ प्रतिशत र सन नेपाल लाइफको १३.५८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS