IME Life New

जीवन बीमकको साढे २४%ले बढ्यो प्रथम बीमाशुल्क, वृद्धिदरमा नेसनल लाइफको छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ बढी प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बीमाबाहेक) आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले साउनमा २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन्। यो प्रथम बीमाशुल्क गत आर्थिक वर्ष २०८०।८१ को साउनको तुलनामा २४.६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीहरुले २ अर्ब ५ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

२०८० साउनको तुलनामा २०८१ साउनमा १४ वटा बीमा कम्पनीमध्ये १० वटाको मात्रै प्रथम बीमाशुल्क आर्जन बढेको छ भने ४ वटाको घटेको छ। सबैभन्दा बढी प्रथम बीमाशुल्क नेपाल लाइफले उठाएको छ भने वृद्धिदरका हिसाबले नेसनल लाइफ छलाङ मारेको छ।

चालु वर्षको साउनमा नेपाल लाइफले ६४ करोड ६६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको साउनको तुलनामा २७.३४ प्रतिशतले बढी हो। गत वर्ष साउनमा कम्पनीले ५० करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले चालु वर्षको साउनमा ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष साउनमा नेसनल लाइफले २२ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको तुलनामा चालु वर्षमा नेसनल लाइफको प्रथम बीमाशुल्क ८३.०८ प्रतिशतले बढेको छ। वृद्धिदरका हिसाबले नेसनल लाइफ अग्रस्थानमा रहेको छ।

यसैगरी तेस्रोमा हिमालयन लाइफ रहेको छ। चालु वर्षको साउनमा हिमालयन लाइफले २७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष साउनमा २० करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा प्रथम बीमाशुल्क ३३.६२ प्रतिशतले बढेको छ। नयाँ व्यापारमा हिमालयन लाइफको पनि उत्कृष्ट प्रदर्शन देखिएको छ।

यसैगरी चालु वर्ष साउनमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)ले २० करोड २ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ९१ लाख रुपैयाँ, सिटिजन लाइफले १९ करोड ४९ लाख रुपैयाँ, एसियन लाइफले १० करोड ७२ लाख रुपैयाँ र मेट लाइफले १० करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष साउनमा एलआईसीले १६ करोड ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १७ करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफले १३ करोड ४० लाख रुपैयाँ, एसियन लाइफले ९ करोड २० लाख रुपैयाँ र मेट लाइफले ९ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा एलआईसीको प्रथम बीमाशुल्क १९.१० प्रतिशत, सूर्यज्योति लाइफको १४.०७ प्रतिशत, सिटिजन लाइफको ४५.४१ प्रतिशत, एसियन लाइफको १६.५७ प्रतिशत र मेट लाइफको १७.०५ प्रतिशतले बढेको छ।

चालु वर्षको साउनमा रिलायबल नेपाल लाइफले ८ करोड ९६ लाख रुपैयाँ, आइएमई लाइफले ८ करोड ३२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ करोड ९८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ७ करोड ७६ लाख रुपैयाँ, सन नेपाल लाइफले ४ करोड ४९ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्। गत वर्षको साउनमा रिलायबल नेपाल लाइफले ९ करोड १७ लाख रुपैयाँ, आइएमई लाइफले १० करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ९ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ करोड ८४ लाख रुपैयाँ, सन नेपाल लाइफले ४ करोड ३० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा प्रभु महालक्ष्मीको प्रथम बीमाशुल्क १२.७७ प्रतिशत र सन नेपाल लाइफको ४.५५ प्रतिशतले बढेको छ।

गत वर्षको तुलनामा रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क २.३१ प्रतिशत, आइएमई लाइफको २२.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १७.३१ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १७.१४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS