IME Life New

जीवन बीमकको बढ्यो व्यापार, वृद्धिदरमा रिलायबल अगाडि, नेसनल र सिटिजनको पनि प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म ४१ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो। अघिल्लो वर्ष असोजसम्म कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा कम्पनीको व्यापार बढेको छ भने २ वटाको घटेको छ। सर्वाधिक व्यापार गर्नेमा नेपाल लाइफ रहेको छ भने व्यापार वृद्धिदरमा रिलायबल नेपाल लाइफ अगाडि रहेको छ।

समीक्षा अवधिसम्म नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको व्यापार ९.५१ प्रतिशतले बढेको छ।

दोस्रो सर्वाधिक व्यापार गर्नेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १९ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १६.९९ प्रतिशतले बढेको छ। व्यापार वृद्धिदरका हिसाबले नेसनल लाइफ दोस्रो स्थानमा रहेको छ।

यसैगरी समीक्षा अवधिसम्म लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)ले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा व्यापार १.४६ प्रतिशतले मात्रै बढेको छ।

चालु आर्थिक वर्षको असोजसम्म हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ र एसियन लाइफले २ अर्ब ३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म हिमालयन लाइफले ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३० करोड ४६ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। हिमालय लाइफको व्यापार २.५८ प्रतिशतले घट्दा सूर्यज्योति लाइफको ८.४५ प्रतिशत र एसियन लाइफको ८.९८ प्रतिशतले बढेको छ।

उता सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा लाइफले १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब २१ करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड ८० लाख रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म सिटिजन लाइफले १ अर्ब ५० करोड ४५ लाख रुपैयाँ, सानिमा लाइफले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५ करोड ६० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब १० करोड २ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए।

अघिल्लो वर्षको तुलनाम समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ६५.३५ प्रतिशतले घट्दा सिटिजन लाइफको १६.१५ प्रतिशत, सानिमा लाइफको ३.५३ प्रतिशत, मेट लाइफको ५.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७.७० प्रतिशत, आइएमई लाइफको १०.३६ प्रतिशत, रिलायबल नेपाल लाइफको १९.२७ प्रतिशत र सन नेपाल लाइफको ५.२३ प्रतिशतले बढेको छ।

(बीमाशुल्क लाखमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS