IME Life New

जीवन बीमकको नवीकरण बीमाशुल्क झन्डै सवा १ खर्ब, करिब ६३% हिस्सा ४ कम्पनीको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमा कम्पनीहरुले झन्डै सवा १ खर्ब रुपैयाँ बीमालेख नवीकरणबाट बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीले १ खर्ब २२ अर्ब ४ करोड ६८ लाख रुपैयाँ बीमालेख नवीकरणबाट बीमाशुल्क आर्जन गरेका हुन्।

बीमालेख नवीकरणबाट सार्वधिक बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ३२ अर्ब ९१ करोड १ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। कुल नवीकरण बीमाशुल्कमा नेपाल लाइफको हिस्सा २६.९७ प्रतिशत रहेको छ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) रहेको छ। एलआईसीले बीमालेख नवीकरणबाट १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। एलआईसीको कुल नवीकरण बीमाशुल्कमा १२.७० प्रतिशत हिस्सा रहेको छ।

नेसनल लाइफ तेस्रो स्थानमा रहेको छ। नेसनल लाइफले १४ अर्ब १४ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। कुल नवीकरण बीमाशुल्कमा यो कम्पनीको हिस्सा ११.५९ प्रतिशत रहेको छ।

हिमालयन लाइफले यो १ वर्षमा १४ अर्ब ३ करोड ५६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। हिमालयन लाइफको कुल नवीकरण बीमाशुल्कमा ११.५० प्रतिशत हिस्सा रहेको छ।

यी ४ कम्पनीले नवीकरण बीमाशुल्कमा ६२.७६ प्रतिशत ओगटेका छन्।

यो एक वर्षमा बीमालेख नवीकरणबाट राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ९५ करोड ७० लाख रुपैयाँ (६.५२ प्रतिशत), सूर्यज्योति लाइफले ६ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ (५.७१ प्रतिशत) र एसियन लाइफले ६ अर्ब १२ करोड ५५ लाख रुपैयाँ (५.०२ प्रतिशत) बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी बीमालेख नवीकरणबाट मेट लाइफले ४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ (३.५९ प्रतिशत), सानिमा रिलायन्स लाइफले ४ अर्ब ३१ करोड १४ लाख रुपैयाँ (३.५३ प्रतिशत), सिटिजन लाइफले ४ अर्ब २५ करोड ३९ लाख रुपैयाँ (३.४९ प्रतिशत), प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २७ करोड ६४ लाख रुपैयाँ (२.६८ प्रतिशत), आइएमई लाइफले ३ अर्ब १३ करोड ९१ लाख रुपैयाँ (२.५७ प्रतिशत), रिलायबल नेपाल लाइफले २ अर्ब ७३ करोड २९ लाख रुपैयाँ (२.२४ प्रतिशत) र सन नेपाल लाइफले २ अर्ब ३२ करोड ११ लाख रुपैयाँ (१.९० प्रतिशत) बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS