IME Life New

जीवन बीमकको कुल लगानीको ७५% हिस्सा मुद्दति निक्षेपमा, कसको लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल लगानीको ७५ प्रतिशतभन्दा बढी लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को जीवन बीमकहरुको लगानीसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन्। जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै जीवन बीमकहरुले ५ खर्ब २१ अर्ब ३६ करोड १२ लाख रुपैयाँ लगानी गरेका छन्। यो हिसाबले जीवन बीमकको कुल लगानी ७६.४१ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ।

Esewa
Crest

२०८० असार मसान्तसम्म जीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४ खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, पूर्वाधार विकास बैंकमा ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ, ख वर्गका बैंकमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।

यसैगरी जीवन बीमकहरुले सरकारी बचतपत्र तथा ऋणपत्रमा ३ अर्ब १० करोड ३९ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५२ अर्ब ७४ करोड २० लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ५० करोड २६ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ४६ करोड ४५ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ अर्ब ८ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा ८ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ र अन्य क्षेत्रमा ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन्।

असार मसान्तसम्म सर्वाधिक लगानी गर्नेमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा २ खर्ब ३ अर्ब १४ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ।

दोस्रो सर्वाधिक लगानी गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले १ खर्ब १९ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ।

अरु कम्पनीको कुल लगानी कति ?

  • हिमालयन लाइफः ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ
  • नेसनल लाइफः ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ
  • राष्ट्रिय जीवन बीमा कम्पनीः ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ
  • एसियन लाइफः४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ३४ अर्ब ८२ करोड १ लाख रुपैयाँ
  • मेट लाइफः २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ
  • सिटिजन लाइफः १९ अर्ब २४ करोड ५ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ
  • आइएमई लाइफः १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ
  • सन नेपाल लाइफः ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ
life insurance investment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS