IME Life New

जीवन बीमकको कुन प्रदेशमा बजार हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेशगत हिसाबले हेर्दा जीवन बीमकहरुको व्यवसाय बागमतीमा बढी केन्द्रित भएको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो ११ महिनामा १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ५८ अर्ब ९२ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.०५ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

Esewa
Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो ११ महिनामा कुल व्यापारको १५.७७ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले जेठसम्म लुम्बिनी प्रदेशबाट २१ अर्ब ९ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १६ अर्ब २७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.१७ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको चैतसम्म जीवन बीमकले गण्डकी प्रदेशबाट १३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, मधेश प्रदेशबाट १२ अर्ब ११ करोड ७९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ८ अर्ब ८ करोड ६२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.२१ प्रतिशत, मधेशमा ९.०६ प्रतिशत, सुदूपश्चिममा ६.०५ प्रतिशत र कर्णालीमा २.७० प्रतिशत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS