IME Life New

जीवन बीमकको करिब ३३%ले बढ्यो नयाँ व्यापार, वृद्धिदरमा सन नेपाल लाइफ अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको नयाँ व्यापार करिब ३३ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले २०८१ कात्तिकमा २ अर्ब २५ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष २०८० कात्तिकमा कम्पनीहरुले १ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। यो बीमाशुल्क वैदेशिक रोजगारबाहेकको हो।

Esewa
Crest

अघिल्लो वर्षको कात्तिकको तुलनामा यो कात्तिकमा १३ वटा बीमकको नयाँ व्यापार बढेको छ भने एउटाको घटेको छ। वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ भने सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ।

यो वर्ष कात्तिकमा नेपाल लाइफले ६४ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कात्तिकमा कम्पनीले ४६ करोड ७७ लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३७.६५ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले ३६ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार ८.६५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कात्तिकमा कम्पनीले ३३ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष १७ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा बढेर २२ करोड ५४ लाख रुपैयाँ पुगेको छ। कम्पनी नयाँ व्यापार ३१.५१ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष कात्तिकमा हिमालयन लाइफ १४ करोड ४७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १३ करोड २२ लाख रुपैयाँ, एसियन लाइफले ११ करोड २२ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड ७३ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १० करोड ९० लाख प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष कात्तिकको तुलनामा नयाँ व्यापार हिमालयन लाइफको ४८.३७ प्रतिशत, सूर्यज्योति लाइफको ४२.५९ प्रतिशत, एसियन लाइफको ३७.२४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ५७.०६ प्रतिशत र सिटिजन लाइफको ७०.८५ प्रतिशतले बढेको छ।

यो वर्ष कात्तिकमा रिलायबल नेपाल लाइफले ९ करोड ६ लाख रुपैयाँ, मेट लाइफले ८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ८ करोड १५ लाख रुपैयाँ, आइएमई लाइफले ६ करोड ६६ लाख रुपैयाँ र सन नेपाल लाइफले ६ करोड १० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष कात्तिकको तुलनामा नयाँ व्यापार रिलायबल नेपाल लाइफको ६८.१९ प्रतिशत, मेट लाइफको १३.६८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५७.५३ प्रतिशत, आइएमई लाइफको ४५.८४ प्रतिशत र सन नेपाल लाइफको ८७.९८ प्रतिशतले बढेको छ।

राष्ट्र जीवन बीमा कम्पनीको नयाँ व्यापार भने ५३.५२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कात्तिकमा ५ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा यो वर्ष कात्तिकमा घटेर २ करोड ६९ लाख रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS