IME Life New

जीवन बीमकको करिब २८%ले बढ्यो नयाँ व्यापार, सन नेपाल लाइफको आकर्षक वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको नयाँ व्यापार करिब २८ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पुससम्म १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १२ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। यो बीमाशुल्क वैदेशिक रोजगारबाहेकको हो।

Esewa
Crest

सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि छ।

चालु आर्थिक वर्षको पुससम्म नेपाल लाइफले ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ८३ करोड ७ लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३८.७१ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। चालु आर्थिक वर्षको पुससम्म कम्पनीले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार २५.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष पुससम्म १ अर्ब ४ करोड ७३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ३३ करोड १ लाख रुपैयाँ पुगेको छ। कम्पनी नयाँ व्यापार २७ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको पुससम्म हिमालयन लाइफ १ अर्ब १९ करोड ६२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफले ९० करोड १६ लाख रुपैयाँ, एसियन लाइफले ८२ करोड २६ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ७५ करोड ६९ लाख प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष पुससम्मको तुलनामा नयाँ व्यापार हिमालयन लाइफको १३.५८ प्रतिशत, सूर्यज्योति लाइफको ३७.२४ प्रतिशत, सिटिजन लाइफको २२.२४ प्रतिशत, एसियन लाइफको २५.१८ प्रतिशत र सानिमा रिलायन्स लाइफको २२.७३ प्रतिशतले बढेको छ।

यो वर्ष पुससम्म मेट लाइफले ६२ करोड ८१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६२ करोड ५५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६० करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले ५९ करोड ८३ लाख रुपैयाँ, सन नेपाल लाइफले ४७ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष पुससम्मको तुलनामा नयाँ व्यापार मेट लाइफको ३.८६ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.०९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४९.४९ प्रतिशत, आइएमई लाइफको १७.६७ प्रतिशत, राष्ट्रिय जीवन बीमासन नेपाल लाइफको ५८.३६ प्रतिशत र कम्पनीको ४१.४६ प्रतिशत ले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS