IME Life New

जीवन बिमा ‘बोनस दर’ भनेको के हो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ चैत्र २०: जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै ‘बोनस दर (Bonus Rate)’ हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।

बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १००रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउँने हो।

Esewa
Crest

आफुले जीवन बिमा गरेको कम्पनीले कम्पनीको मुनाफा बाट दिने प्रतिफल नै सोझो अर्थमा बोनस दर हो, कम्पनी का संचालक तथा सेयर धनिले कम्पनीको मुनाफा बाट १० रुपैयाँ पाउन योग्य हुदा बिमितले ९० रुपैयाँ  पाउन योग्य हुन्छ ।  तसर्थ जीवन बिमा बीमा अवधि सकिएपछि एकमुष्ट पाउने लगानीको प्रतिफल हो   ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS