IME Life New

इन्स्योरेन्स शिक्षा: जीबन बीमा गर्नुभएको छ ? दाबी कसरी गर्ने, थाहा पाउँनुहोस् ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमक बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । भविष्यका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा दाबी भुक्तानी प्रक्रियाका लागि बीमितले निम्न बमोजिमका कदमहरु चाल्नु पर्ने हुन्छ ।


जीबन बीमा दाबी भुक्तानी प्रक्रिया
साबधिक जीबन बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त भए पश्चात् यदि बीमित जीबित नै छ भने उसैलाई र यदि जीबित छैन भने उसका हकवालालाई दाबी भुक्तानी गर्नु पर्दछ । यदि व्यक्ति जीबित नै छ भने उसले सिधै बीमा कम्पनीमा गएर आफ्नो रकम लिन सक्छ । तर आजीबन बीमा दाबी लिनको लागि बीमितको मृत्यु भएपछि मात्र उसले ईच्छाएको व्यक्तिले पाँउछ । बीमितको मृत्यु भएको खण्डमा निजले इच्छाएको व्यक्तिले र यदि इच्छाईएको व्यक्तिको पनि निधन भएको अवस्थामा निम्न जीबित हकवालाले रकम प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

इच्छाएको व्यक्तिले पाउने
कुनै पनि जीवन बीमालेखको समयावधि समाप्त हुनु अगावै सो बीमालेख लिने व्यक्तिको मृत्यु भएमा बीमालेख अनसुारको रकम निजले आफ्नो बीमालेखमा इच्च्छाएको व्यक्तिले पाउँछ । निजले कसैलाई पनि नइच्छाएको अवस्थामा वा इच्छाएको व्यक्तिको अगाडि नै मृत्यु भएमा बीमालेख लिने व्यक्तिको देहाय बमोजिमको नाता पर्ने आश्रीतहरु मध्ये क्रमानसुार र एकै क्रमका एकभन्दा बढी जीबित नातेदार भएमा दामासाहिले जीबित सदस्यले पाउँछ ।
१.संगोलका पति वा पत्नी
२.संगोलका छोरा, छोरी, बुहारी,
३.संगोलको बाबु आमा ( बिबाहित महिलाको हकमा सासू ससूरा)
४. आफैले पालनपोषण गर्नुपर्ने बाजे बज्यै र छोरापट्टीको नाति, नातिनी,
५. भिन्न बसेका पति पत्नी,
६. भिन्न बसेका अबिबाहित छोरी, छोरा, बुहारी,
७. भिन्न बसेको बाबु आमा,
८. संगोलको सौतेनी आमा,
९. संगोलको सौतेनी छोरा छोरी,
१०. संगोलको दाजु भाइ, दिदि बहिनि,
११. बिबाहित महिलाको हकमा भिन्न बसेका सासू ससूरा ,
१२. भिन्न बसेका छोरापट्टीका नाती, अविवाहित नातिनी,
१३. भिन्न बसेका सौतेनी आमा,
१४. भिन्न बसेका सौतेनी छोरा, अबिबाहित सौतेनी छोरी,
१५. बिबाहित महिलाको हकमा संगोलको जेठाजु, जेठानी, देवर, देउरानी,
१६ .संगोलको भतिजा, भतिजी,
१७. संगोलको काका, काकी, भाउजु, भाइ बुहारी,
१८. भिन्न बसेका दाजु भाइ, दिदि बहिनी,
१९. भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी,
२०. भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी,
२१. बीमित सँग अन्तिम अवस्थामा सँगै बसी निजको हेरचाहा गर्ने व्यक्ति ।

बीमा गर्ने बीमितको मृत्यु भएमा इच्छाईएको व्यक्ति वा हकवालाले छिटो बीमा कम्पनीमा जानकारी गराउँनु पर्दछ । जानकारी दिँदा व्यक्तिको मृत्यु भएको समय, उमेर, मृत्युको कारण आदि जस्ता कुराहरु उल्लेख गर्नु पर्दछ ।

बीमा कम्पनीमा जानकारी गराए पश्चात बीमा कम्पनीले उपलब्ध गराएको दाबी फाराम सहित अन्य कागजातहरु पेश गर्नु पर्दछ । मृत्यु दर्ता प्रमाणपत्र, नातासम्बन्धि प्रमाणपत्र, बीमालेख, दुर्घटना बाट मृत्यु भएको भए प्रहरी प्रतिवेदन आदि कागजातहरु बीमा कम्पनीमा पेश गर्नु पर्दछ ।

यदि दाबी गर्दा बीमितले इच्छाएको व्यक्तिको मृत्यु भइसकेको अवश्थामा भने माथि उल्लेख गरिए बमोजिमको सबैभन्दा पहिलोक्रममा आउने हकवालाले नाता प्रमाणित गराई बीमा कम्पनी समक्ष दाबीका लागि निबेदन पेश गर्नु पर्दछ ।

प्रस्तुती : बिजया बास्कोटा  
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS