IME Life New

जन्म दिनमा छोरा र श्रीमानलाई सिटिजन लाइफको जीवन बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ की धनिश्वरा बैजालीले जन्म दिनका अवसरमा आफ्ना छोरा र श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहार दिएकी छन्।

छोराको जन्म दिनका अवसरमा बैजालीले छोरा र श्रीमानलाई सिटिजन लाइफको चन्द्रौटा शाखाबाट १०–१० लाख रुपैयाँको जीवन बीमा पोलेसी उपहार दिएकी हुन्। छोरा तथा श्रीमानको भविष्य सुनिश्चित गर्न र पछिल्लो समयमा अनावश्यक खर्च गरी मनाउने जन्मदिनको परम्परा तोड्न यो कार्य गरेको उनले बताइन्।

Esewa
Crest

जन्म दिन मनाउने नाममा गरिने फजुल खर्च रोक्न र आफू तथा आफ्ना परिवारको भविष्यका बारेमा सोच्ने हो भने सबैले जीवन बीमा गर्नुपर्ने बैजालीको धारणा थियो।

अबका दिनहरुमा आफ्ना बच्चाहरुको राम्रो लालनपालन, उच्च शिक्षा, विवाह, व्रतबन्धका साथै भइपरी आउने खर्चका लागि आजैबाट सबैले आफ्नो आम्दानीले धान्ने गरी जीवन बीमा गरेमा भोलिको भविष्य सुनिश्चित हुने शाखा प्रमुख सन्तोष पन्तले बताए। साथै, यो निकै राम्रो कामको सुरुआत गरेकोमा बैजालीलाई धन्यवाद दिँदै पन्तले भने, ‘अरु आम दिदी–बहिनी र दाजु–भाइले पनि सिक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS