IME Life New

छोटो अवधिमै बीमित र शेयरधनी दुबैलाई उचित प्रतिफल दिन सफल आइएमई लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले साताैं वर्ष पुरा गरी आठाैं वर्षमा प्रवेश गरेको छ। सञ्चालनको छोटो अवधिमै बीमित र शेयरधनी दुबैलाई इन्स्योरेन्स उचित प्रतिफल दिन सफल भएको छ।

२०७४ सालमा कारोबार शुरू गरेको यो जीवन बीमकले न्यूनत्तम चुक्ता पूँजी वृद्धिका लागि मर्जरको विकल्प नरोजी प्रिमियम मूल्यमै साधारण शेयर जारी गर्दै पूँजी वृद्धि गर्‍यो। ५ अर्ब  शेयर पूँजी भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीवापत ५२ करोड रूपैयाँ संचित रहेको छ। कम्पनीले प्रिमियम मूल्यमा शेयर खरिद गरेका साधारण शेयरधनीलाई पहिलो वर्षमै २५ प्रतिशत बोनश शेयर वितरण गरेर ४ अर्बबाट चुक्ता पूँजी ५ अर्ब पुर्‍याएको छ। यसको जीवन बीमा कोष एक वर्षको अवधिमा ४१.१७ प्रतिशतले उल्लेख्य वृद्धि हुँदै झण्डै १० अर्ब रूपैयाँ पुगेको छ।

Esewa
Crest

इन्स्योरेन्सको नेतृत्व प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले सम्हालेपछि आइएमई लाइफले व्यवसायीकरूपमा गति लिन थालेको देखिन्छ। फुयाँलले परम्परागत जीवन बीमालेखको बिक्रीलाई निरन्तरता दिंदै वैदेशिक रोजगारी म्यादी बीमालेखको बिक्रीलाई पनि आक्रामकरूपमा अघि बढाए । परम्परागत बीमाले जीवन बीमा कोषको वृद्धिमार्फत् बीमितलाई आकर्षक बोनश दर दिलाउने र म्यादी बीमालेखमार्फत् शेयरधनीलाई लगानीमा प्रतिफल दिलाउने रणनीति लिएको देखिन्छ। यो दुबै पक्षमा उनी सफल देखिएका छन् ।

आइएमई लाइफको आर्थिक वर्ष २०८०।८१ को चाैथो त्रैमासको प्रगती विवरण । श्रोतः अपरिष्कृत वित्तीय विवरण।

गत आर्थिक वर्ष २०८०।८१ मा इन्स्योरेन्सले मुनाफा १४५.०४ प्रतिशतले बढाएको छ। चाैथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्तीय सबलताको सूचकमा समावेश गरिने महाविपत्ती कोषमा १७ करोड ७४ लाख रुपैयाँ र सञ्चित  रहेको छ । यस अवधिमा सञ्चित आम्दानी १ अर्ब २ करोड २२ लाख रुपैयाँ पुगेको छ। यो रकमबाट कम्पनीसँग शेयरधनीलाई थप बोनश वितरण गर्न सक्ने क्षमता रहेको देखाउँछ ।

गत आवमा कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढाएर ४ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.४३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ । बिहीबार दोश्रो बजारमा यसको शेयर मूल्य ५८० रूपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS