IME Life New

चौतारी लघुवित्तको लाभांश तथा आरम्भसँग मर्जरमा जाने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले १७ दशमलव ८९ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाको पुष ९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १७.८९ प्रतिशत लाभाशं दिने प्रस्ताव पारित गरेको हो ।

सभाले वनेपामा रहेको आरम्भ लघुवित्तसँग मर्जरमा जाने निर्णय समेत पारित गरेको छ ।

Esewa
Crest

चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्री जगत वहादुर पोख्रेलको अध्यतामा सम्पन्न भएको उक्त साधारण सभामा वित्तीय संस्थाका नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशीले स्थपनाकाल देखी ०७५।०७६ सम्मको अन्त्य सम्ममा वित्तीय संस्थाले गरेको प्रगति विवरण साथै मर्ज गर्न लागेको आरम्भ लघुवित्तको वित्तीय संस्थाको कार्य क्षेत्र साथै प्रगति विवरण पेश गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल ग्रामीण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की जनउत्थान लघुवित्तका संञ्चालक समितिका अध्यक्ष वाबुराम वि.क,पुर्व सविंधान सभा सदस्य नेत्र प्रसाद पन्थी, पत्रकार डि.आर. घिमिरे लगायत अन्य व्यक्तीहरुले आफ्नो मन्तब्य राख्दै छोटो समयमा राम्रो प्रगती गरेको बधाई दिदै मर्जरलाई यत्ती एउटैमा नरोक्न पनि सुझाव दिए ।

कार्यकरुममा बौल्दै वित्तीय संस्थाका अध्यक्ष श्री जगत बहादुर पोख्रेलले यस वित्तीय संस्थालई एउटा मोडलको रुपमा आफुले विकास गर्न खोजेको वताउदै आगामी दिनमा यहाहरुले गरेको माया र विश्वासलाई आफुले थप जिम्मेवारी महसुस गरेकको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS