IME Life New

चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ अर्बमाथि, कुनको कति ?(सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ११ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । एक महिनामा यी कम्पनीहरुले ८ लाख ८० हजार १७९ वटा बीमालेख विक्री गरी कुल ११ अर्ब ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा कम्पनीहरुले २ अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ८ अर्ब ५२ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यस महिनामा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै अग्र रहेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी सूर्यज्योति लाइफले ७१ करोड ५२ लाख, एशियन लाइफले ६० करोड २१ लाख, यूनियन लाइफले ५७ करोड ७७ लाख, मेट लाइफले ४८ करोड ६२ लाख, सिटिजन लाइफले ४४ करोड ५१ लाख, रिलायबल नेपाल लाइफले ३८ करोड ३८ लाख, प्राइम लाइफले ३७ करोड ६२ लाख, आइएमई लाइफले ३६ करोड ३८ लाख, राष्ट्रिय बीमा संस्थानले ३६ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

त्यस्तै, सन नेपाल लाइफले २९ करोड १ लाख, गुराँस लाइफले २५ करोड ५१ लाख, सानिमा रिलायन्स लाइफले २४ करोड ७२ लाख, महालक्ष्मी लाइफले १६ करोड ७९ लाख, प्रभु लाइफले १५ करोड ४७ लाख, रिलायन्स लाइफले ४ करोड ९९ लाख र सानिमा लाइफले ४ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS