IME Life New

चीफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटनाका यी हुन सम्भावित कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ दिल्ली।  भारतका चीफ अफ डिफेन्स स्टाफ तथा पूर्वसेनाप्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाबारे विभिन्न अडकलबाजी हुन थालेका छन् । रावतसहित १३ जना सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दिउसो तमिल नाड्डुको कोनोरमा दुर्घटना भएको थियो । हेलिकोप्टरमा रावतकी पत्निसमेत सवार थिइन् । दुर्घटनाबारे तत्काल अनुसन्धान गर्न भारतीय वायु सेनाले आदेश दिएको छ । रक्षा मन्त्रालयले दुर्घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ । विज्ञहरुका अनुसार रावत चढेको हेलिकोप्टर दुर्घटनाका केही सम्भाव्य कारण यस्ता छन्ः

१. खराव मौसमः वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण खराव मौसम भएको प्रराम्भिक विवरणमा जनाइएको छ । वायुमन्डलको हुस्सु र लो भिजिविलिटीका कारण दुर्घटना भएको हुन सक्ने पूर्वचालकले बताएका छन् । ‘दुर्घटनाको मुख्य दोषी मौसम हुने गर्छ । पहाडको मौसम सामान्यतया खराब हुने गर्छ । तसर्थ रावत चढेको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण मौसम हुन सक्छ,’ एमआई १७ भी ५ हेलिकोप्टरका पूर्वचालक अमिताभ रन्जन भन्छन् ।

२. विद्युतका तार
पूर्वसेनाप्रमुख रावत चढेको एमआई १७ भी ५ हेलिकोप्टर दुर्घटना मानव वस्तीवाट टाढा भएको थियो । तर, हेलिकोप्टर विद्युतको तारमा ठाेकिएकाे हुन सक्ने अनुमान गरिएको छ ।

Esewa
Crest

३. प्राविधिक समस्याः एमआई १७ भी ५ हेलिकोप्टरका पूर्वचालक अमिताभ रन्जनका अनुसार प्राविधिक समस्याका कारण पनि हेलिकोप्टर दुर्घटना भएको हुन सक्छ । उनी भन्छन्, ‘हेलिकोप्टरहरु नयाँ छैनन् । तालिमप्राप्त र व्यावसायिक भएकोले चालकले जस्ता सुकै हेलिकोप्टर पनि चलाउने हिम्मत गर्छन् । ’  अकस्मात प्राविधिक समस्याका कारणा दुर्घटना भएकाे हुन सक्ने उनको अनुमान छ । ‘हेलिकोप्टरमा प्राविधिक समस्या थिएन भन्न सकिदैन्,’ उनी भन्छन् ।

४. डाँडामा ठोक्किएको हुनुसक्नेः हेलिकोप्टर दुर्घटनाको प्रकृति हेर्दा डाँडोमा ठोकिएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । दुर्घटनास्थल डाँडोनजिक भएकोले हेलिकाेप्टरले हाइट लिँदा दुर्घटना भएकाे हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS