IME Life New

चीनलाई पछि पार्दै भारत बन्यो दुईपांग्रे सवारीसाधनको विश्वकै ठूलो बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारीसाधनको बजार बनेको छ।

ग्रामीण क्षेत्रमा बढ्दो माग, मनसुनको अनुकूल अवस्था र ग्रामीण विकासका लागि सरकारी पहलहरुजस्ता कारकका कारण भारत सबैभन्दा ठूलो दुईपांग्रे सवारीसाधनको बजारका रुपमा उभिएको काउन्टरप्वइन्ट रिसर्चले शुक्रबार जारी प्रतिवेदनमा उल्लेख छ। विश्वभर २०२४ को पहिलो ६ महिनामा दुईपांग्रे सवारीसाधनको बिक्रीमा वार्षिक ४ प्रतिशत वृद्धि भएको छ।

Esewa
Crest

भारतमा मात्र नभई युरोप, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकामा पनि दुईपांग्रे सवारीसाधनको बिक्रीमा वृद्धि देखिएको छ। तर, चीन र दक्षिण पूर्वएसियामा दुईपांग्रे सवारीसाधनको बिक्री घटेको छ।

भारतको दुईपांग्रे सवारीसाधनको बजार यस वर्षको पहिलो ६ महिनामा २२ प्रतिशतले बढेको छ। यो बलियो प्रदर्शनका साथ भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारीसाधन बजार भएको हो।

भारतमा दुईपांग्रे सवारीसाधनले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा वार्षिक आधारमा बलियो दोहोरो अंकको वृद्धि रेकर्ड गरेको छ। योसँगै १२५ सीसीभन्दा कम क्षमताका दुईपांग्रे सवारीसाधन चीनमा लोकप्रिय छन् तर ग्राहकले दैनिक प्रयोगका लागि मोटरसाइकल र स्कुटरको सट्टा ई–साइकल रोजिरहेका छन्। यो परिवर्तनले चिनियाँ दुईपांग्रे सवारीसाधनको बजारमा विशेषगरी विद्युतीय खण्डमा अस्थायी मन्दी निम्त्याएको छ।

दक्षिणपूर्वी एसियामा, भूराजनीतिक व्यापार तनाव र इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड र मलेसियाजस्ता प्रमुख बजारमा कडा ऋण मापदण्डहरुले दुईपांग्रे सवारी साधनको बिक्रीमा गिरावट ल्याएको छ। आर्थिक अनिश्चितताका बीचमा ग्राहकको सतर्क मनोवृत्तिले दुईपांग्रे सवारीसाधनको बिक्रीलाई असर गरेको छ।

वर्ष २०२४ को पहिलो ६ महिनामा ७५ प्रतिशतभन्दा बढी बिक्रीकालागि शीर्ष १० विश्वव्यापी दुईपांग्रे सवारी उत्पादकहरुको योगदान छ। होन्डाले विश्व दुईपांग्रे सवारीसाधनको बजारलाई निरन्तरता दिइरहेको छ। त्यसपछि हिरो मोटोकर्प, यामाहा, टीभीएस मोटर र याडिया छन्। शीर्ष १० ब्रान्डमध्ये टीभीएस मोटर वार्षिक रुपमा २५ प्रतिशत वृद्धिका साथ सबैभन्दा छिटो बढिरहेको ब्रान्ड बनेको छ। त्यसैगरी यादियाले वार्षिक रुपमा २९ प्रतिशतको गिरावटका साथ सबैभन्दा ठूलो गिरावट देखेको छ र कम्पनी पाँचौँ स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS