IME Life New

चिसो मौसममा कारमा एसी चलाउने कि ब्लोअर ? यसरी हटाउनुस् द्विविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिसो मौसममा कार चलाउँदा धेरैलाई एसी चलाउने कि ब्लोअर चलाउने ? भन्ने द्विविधा हुन सक्छ। वास्तवमा जाडोमा पनि गाडीको एसी चलाउनु आवश्यक हुन्छ। यो सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ।

चिसो दिनमा हामी प्रायः कारको एसी बन्द गर्छौं र हिटर वा ब्लोअर चलाउँछौँ। तर, यो आवश्यक छैन। जाडोमा पनि एसी प्रयोग गर्दा धेरै फाइदा हुन्छ। एसी कम्प्रेसरलाई काम गर्न, क्याबिनभित्रको आद्र्रता कम गर्न र हावा सफा गर्न एसी चलाउनु आवश्यक छ।

Esewa
Crest

ब्लोअरले तातो प्रदान गर्दछ र झ्यालबाट बरफ हटाउँछ। कहिलेकाहीँ दुवैसँगै प्रयोग गर्दा पनि फाइदा हुन्छ।

एसी कम्प्रेसरमा एक विशेष तेल हुन्छ। जसले यसलाई राम्रोसँग काम गर्न मद्दत गर्छ। यदि लामो समयसम्म एसी चलाइएन भने तेल सुक्छ र कम्प्रेसरलाई क्षति पुर्याउन सक्छ। यस्तो अवस्थामा जाडोमा पनि हप्तामा कम्तीमा १०–१५ मिनेट एसी चलाउनुपर्छ। यसबाट एसी कम्प्रेसर सुरक्षित रहनेछ।

जाडोमा कारभित्रको आद्र्रता बढ्छ। यसले झ्यालमा बाफ जम्मा हुन्छ। जसले हेर्न कठिनाइ निम्त्याउँछ। एसी चलाउँदा हावामा रहेको आद्र्रता कम हुन्छ। झ्यालहरु सफा रहन्छन् र बाहिर स्पष्ट रुपमा देख्न सकिन्छ। सुरक्षित ड्राइभिङका लागि स्पष्ट दृष्टि आवश्यक छ।

एसीमा एउटा फिल्टर हुन्छ। जसले हावाबाट धुलो, फोहोर र अन्य फोहोर कण हटाउँछ। यस्तो अवस्थामा जाडोमा पनि एसी चलाउँदा कारभित्रको हावा सफा रहन्छ। यो विशेषगरी एलर्जी वा श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसहरुका लागि फाइदाजनक हुन्छ।

जाडोमा एसी चलाउँदा तापक्रम धेरै कम गर्न हुँदैन। लामो समयसम्म ब्लोअर चलाउँदा कारभित्रको हावा सुक्छ। यस्तो अवस्थामा बेला–बेलामा झ्याल खोल्नुपर्छ र ताजा हावाभित्र आउन दिनुपर्छ।

यदि कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोलर छ भने यसले अटोमेटिक रुपमा एसी र ब्लोअरलाई नियन्त्रण गर्नेछ।

ब्लोअरको मुख्य कार्य कारभित्र तातो प्रदान गर्नु हो। चिसो महसुस हुँदा ब्लोअर खोल्नुपर्छ। यसले कारको इन्जिनको तापले हावा तताएर भित्र पठाउँछ। जाडोमा झ्यालहरुमा बाफ जम्मा हुन्छ। यसलाई ब्लोअरको मद्दतले हटाउन सकिन्छ। डिफ्रोस्ट मोडमा ब्लोअरले बलियो हावा उडाउँछ। जसले झ्यालहरु छिट्टै सफा गर्छ।

कहिलेकाहीँ एसी र ब्लोअर दुवै सँगै चलाउँदा बढी फाइदा हुन्छ। यदि कारभित्र धेरै चिसो हुन्छ भने दुवै सँगै चलाउँदा चिसो छिट्टै कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS