IME Life New

चिनियाँ कारलाई इटालियन भन्दै बेच्ने कम्पनीलाई करोडौँको जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इटालीमा चिनियाँ कारलाई इटालियन भन्दै बेच्ने एउटा कम्पनीलाई करोडौँको जरिवाना गरिएको छ।

इटाली सरकारले डीआर अटोमोबाइल्स कम्पनीलाई चीनमा बनेको कारलाई इटालियन भन्दै बेचेको अराोपमा ६४ लाख डलर (साढे ८ करोड रुपैयाँ) जरिवाना गरेको हो। कम्पनीले चीनमा बनेको कारलाई इटालीमा नै बनाइएको भन्दै बेचेर ग्राहकलाई झुक्काएको इटाली सरकारको आरोप छ।

Esewa
Crest

कम्पनीले भने आफूहरुमाथि लगाइएको आरोपविरुद्ध अदालतमा पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले आफूहरुले कहिल्यै पनि चीनमा बनेको कार इटालीमै बनेको हो भन्दै नबेचेको दाबी पनि गरेको छ।

दक्षिणी इटालीमा रहेको डीआर अटोमोबाइल्सले आफूहरुले चीनबाट सामान ल्याएर इटालीमा कार एसेम्बल गर्ने गरेको जनाएको छ। कार एसेम्बलमा प्रयोग हुने सामानहरु चिनियाँ कम्पनीहरु चेरी, बीएआईसी र जीएसीबाट ल्याउने गरेको कम्पनीको भनाइ छ।

चिनियाँ नियामकले भने चीनमा बनेको डीआर र ईभीओ ब्रान्डका कारलाई इटालीमा बनाइएको भन्दै डीआर अटोमाबोइल्सले बेच्ने गरेको दाबी गरेको छ। ‘सामान्य एसेम्बर र फिनिसिङको काम मात्रै इटालीमा हुने गरेको छ’, नियामकले भनेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS