IME Life New

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेसँगै पुस १३ गते बुधवारसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत बोनश शेयर र करसमेत गरेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यसैगरी प्राइम कमर्सियल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरान–१ सुनसरीमा बिहान ११ बजे शुरू हुनेछ ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अर्पण ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे शुरू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS