IME Life New

चाडपर्वको अवसरमा शाइन रेसुङ्गाको अफरः टपअप कारोबारमा ५% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसीएल र एनटीसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

त्यस्तै, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हुवाइ होनर पेड एक्सड प्राप्त गर्न सक्ने समेत जनाएको छ।

Esewa
Crest

बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २ सय जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS