IME Life New

चन्द्रागिरी हिल्सको नाफा थोरै बढ्यो, आम्दानी भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिकको पुससम्म कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले सेवा प्रवाहबाट ४२ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ भने सेवा बिक्री लागतबापत ५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। यस हिसाबले समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ३६ करोड ७० लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले सेवा प्रवाहबाट ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने सेवा बिक्री लागतबापत ५ करोड ७२ लाख रुपैयाँ खर्च भएको थियो। यस हिसाबले अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको कुल आम्दानी ४० करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी घटेको छ।

चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लस ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि कम्पनीको रिजर्भ तथा सरप्लस १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ४.३३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको ईपीएस ४.१० रुपैयाँ थियो। पीई रेसियो २०३.७५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.७३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS