IME Life New

घातक रोगमा बीमा सुबिधा दिने पहिलो कम्पनी मेटलाइफ नेपालले जित्यो ‘सिल्भर स्टिभी’ अवार्ड’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेटलाइफ नेपालले ‘सिल्भर स्टिभी’ अवार्ड जितेको छ, १५० औँ वार्षिक अन्तर्राष्ट्रिय बिजनेस अवार्डमा कम्पनीले सो अवार्ड हात पार्न सफल भएको हो । कम्पनीको लाइफ केयर बिमा योजनाले ‘वेस्ट न्यू प्रडक्ट अर सर्भिस–फाइनान्सियल सर्भिस’ को विधाअन्तर्गत उक्त अवार्ड जितेको हो ।

यस अवार्डले सम्बन्धित व्यवसायका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेको कुरालाई स्वीकार गरेको कम्पनीले जनाएको छ । वित्तीय सेवाको विधामा नवीनता र उत्कृष्टताका लागि उक्त अवार्ड दिइएको थियो ।
नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बिमा योजना हो । यसमा जीवनको क्षति, अप्रत्याशित घटना र गम्भीर रोगको पहचिानबापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । कम्पनीले ७ ओटा घातक रोग बाट सुरुगरेको सेवा अहिले कम्पनीले उल्लेख गरे अनुसार २३ ओटा रोग सम्मको समेट्ने गरे बीमा योजना जारी गर्ने गरेको कम्पनीले जनाएको छ। यस योजनामा खासगरी ‘लाइफ केयर ब्युटिफुल’ नामक महिलालाई मात्र लागू हुने योजना उपलब्ध छ, यो योजना महिलाहरुमा लोकप्रिय रहेको छ।

Esewa
Crest

जसअन्तर्गत जीवनको क्षति तथा महिलाकेन्द्रित रोगहरू जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सरलगायत महिलालाई मात्र हुने १० वटा रोगहरूबापत सुरक्षण प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले बीमा क्षेत्रमा १५० वर्ष भन्दा बढी सेवा गरिसकेको छ। नेपालमा सन् २००१ बाट बीमा सेवा दिदै आएको छ, कम्पनीले नेपालमा भने शाखाको रुपमा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS