IME Life New

ग्लोबल लघुवित्त वित्तीय संस्थाद्धारा बाख्रा पालन तालिम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रौतहट जिल्ला स्थित समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेकोे छ । वित्तीय संस्थासँग आद्ध सदस्यहरुको आम्दानीको श्रोत बृद्घि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा सोही शाखाका शाखा प्रमुख राजु लामाको अध्यक्ष रहेको थियो भने प्रमुख अतिथिको रुपमा दहियार स्टेशन कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खड्का रहेका थिए ।

तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएका थिए । विगत आर्थिक बर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Esewa
Crest

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार २०५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा बिभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS