IME Life New

गुराँस लाइफको नयाँ बिमा योजना, १ करोडको बिमा गर्दा १ करोड कै बोनस ९९ बर्ष हुँदा सम्म पेन्सन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बिमा योजना सार्बजनिक गरेको छ ।  कम्पनीद्वारा ललितपुर गोदावरिको होटल भ्यु भृकुटिमा आयोजित राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा प्रमुख अतिथि  दीपक नेपाल तथा संचालक समितिका संचलकहरु  अपछ कुमार यादव,   शिव बहादुर श्रेष्ठ,   मेघ राज पौडेल,  शम्भु प्रसाद सुवेदीेले संयुक्त रुपमा नयाँ बीमा योजना सार्वजानिक गरेका हुन् ।

आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे “ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना” नामको यो नयाँ जीवन बीमा योजनाको मुख्य विशेषता बीमितको सुरक्षीत भविष्यको लागि बीमा भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष दिवशमा बीमाङ्कको ६% रकम पेन्सनको रुपमा बीमितलाई भुक्तानी दिइने छ ।

Esewa
Crest

सो समारोहमा कम्पनीका नायब महाप्रबन्धक   नारायण कुमार भट्टराईले “ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना”को विशेषताहरुको बारेमा जानकारी गराउदै हालसम्म प्रचलनमा रहेका बीमा योजनाहरु भन्दा भिन्न यस बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि समाप्ति मितिसम्म बीमित जिवित रहेमा सोहि मितिमा नियमानुसारको बोनस रकम भुक्तानी दिइने छ । र त्यसपछि प्रत्यक वर्ष ६% पेन्सनको रुपमा बीमितको उमेर ९९ वर्ष पुगेसम्म दिइनेछ ।

उदाहरणको लागि २५ वर्षको उमेरको ब्यक्तिको २० वर्षे अवधिको लागि यस योजनामा रु. १ करोडको बीमा गरेमा ४५ वर्षको उमेर पुग्दा बोनस स्वरुप लगभग रु. १ करोड (हालको प्रचलित बोनस दरलाई मध्यनजर गर्दा) दिइनेछ । त्यस पश्चात प्रत्येक वर्ष रु. ६ लाखको दरले प्रत्येक वर्ष दिइनेछ र बीमितको मृत्यु भएमा पुनः रु. १ करोड (बीमाङ्क रकम) इच्छाएको ब्यक्तिलाई दिइनेछ ।

सोहि कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका फरक फरक जीवन बीमा योजना ल्याउँदै गरेकोमा आगामी दिनमा पनि बीमीतको सुविधाको लागि नयाँ नयाँ जीवन बीमा योजना ल्याउने बताए ।

साथै सोहि कार्यक्रममा कम्पनीका अण्डरराइटिङ्ग विभाग प्रमुख श्री सरोज बि.सि. ले बीमितको सुविधालाई ध्यानमा राखि अन्य बीमा योजनामा झैं ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधाको ब्यवस्था समेत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS