IME Life New

गरिमा विकास बैंकद्धारा देशव्यापी वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले देशव्यापी वृहत वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले संविधान दिवसको दिन पारेर आफ्ना सबै शाखा कार्यलय र एक्सटेन्सन काउन्टरबाट वित्तीय साक्षरता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

यस कार्यक्रम मार्फत बैंकले आफ्ना देशभरका १२० शाखा कार्यालय मार्फत करिब ५० हजार बढी ग्राहकलाई विभिन्न बैङ्किङ्ग सेवा प्रदान गरेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी प्रमुख, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख सहित सयौं कर्मचाररीहरुको उपस्तिथी रहेको थियो।

Esewa
Crest

बैंककाअनुसार कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको थियो । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकमहानुभावहरुलाई उनीहरुको घरआँगनमै बैंक खाता खोलिएको थियो ।

हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS