IME Life New

गरिमा विकास बैंकको एपबाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ एप (गरिमा डिजिटल बटुवा) बाट अब नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।

यसका साथै बैंकले नेपालपे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्यान्डर्डको मूल पूर्वाधारका रुपमा नेपालपे क्यूआर स्थापना र सञ्चालनमा आएको हो। जसअन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्किमका रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्किमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

Esewa
Crest

बैंकका व्यापारिक ग्राहक मर्चेन्टका रुपमा आबद्ध भएर आफ्ना ग्राहकबाट गरिमा डिजिटल बटुवा एप अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य मोबाइल बैंकिङ एप वा वालेट एपमार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन्।

यसरी गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपालपे क्यूआर जोडिँदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ। साथै, डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ।

हालसम्म बैंकले नेपालभरि १२१ वटा शाखा कार्यालय र ५१ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS