IME Life New

गरिमा क्यापिटलको कार्यालय स्थान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको कार्यालय स्थान्तरण भएको छ । गरिमा क्यापिटलको कार्यालय काठमाडौं महानगरपालिका वडा नं १, कमलपोखरीस्थित सिटी सेन्टरको अगाडी – विपरित दिशामा रहेको भवनको दोस्रो तल्लामा साउन ३० गते सोमबारबाट स्थानान्तरण भई सेवा संचालन गरिएको क्यापिटलले जनाएको छ ।

यसअघि क्यापिटलको कार्यालय काठमाडौं १, हात्तिसारमा केसीएल अस्ट्यूट क्यापिटलको कार्यालयमा रहेको थियो । कार्यालय स्थानान्तरण भए पश्चातको सम्पर्क नं.०१–४५२९१४९/५० रहेको छ ।

Esewa
Crest

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS