IME Life New

‘कोराना महाविपत्तिको स्वरुपमा पुगेको छैन, बीमा कम्पनीहरु दावी भुक्तानी गर्न सक्षम्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यतिबेला विश्वभर कोरोना (कोभिड–१९) को प्रकोप फैलिइरहेकोछ । अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले कोरोनाविरुद्धमा लड्न ठूलो धनराशी सहयोगको घोषणा गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरानाका कारण अन्तर्राष्ट्रिय संकटकाल घोषणा गरेको अवस्था छ । आजको मितिसम्म मृतकको संख्या तीन हजार ३०३ पुगेको छ भने संक्रमितको संख्या ९६ हजार छ ।

यसै सन्दर्भमा निर्जिवन बीमा अन्तर्गत गरिएको स्वास्थ्य बीमाको दावी भुक्तानी के हुन्छ ? भन्ने सम्बन्धमा पनि चर्चा र बहस सुरु भएको छ । बीमा क्षेत्रका जानकारहरुले कोरोना महाविपत्तिको स्वरुपमा पुगिनसकेकाले सो सम्बन्धमा बहस गर्नु काल्पनिक हुने बताउँछन् बीमा बिज्ञ भोजराज शर्मा । विश्वका ८० देशमा फैलिएको यो रोगबाट लाखौंको मृत्यु भएको अवस्थामा नभएकोले विश्वका सबै बीमा कम्पनीहरु दावी भुक्तानी गर्न सक्षम रहेको बीमा क्षेत्रका विज्ञहरुको भनाई छ ।

Esewa
Crest

बीमा सम्बन्धी जानकार रविन्द्र घिमिरले महामारी भन्ने कि नभन्ने भन्ने अझै स्पष्ट भइनसकेको बताउँदै सरकारी स्वास्थ्य बीमा बोर्डले जुनसुकै रोगको उपचार खर्च व्यहोर्ने बताए । साथै घिमिरेले निजि बीमा कम्पनीहरुको हकमा बीमा समितिले अग्रसरता लिएर दावी भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने बताउँछन् । घिमिरे भन्दछन्, ‘बीमा कम्पनीले स्वास्थ्य उपचार खर्च व्यहोर्छु भनेर पोलिसी जारी गरेपछि सम्झौता बमोजिम उपचार खर्च बापतको दावी भुक्तानी गर्न बाक्य छन् ।’

निर्जिवन बीमा कम्पनीहरुले पनि महाविपत्तिबाट केही खर्ब रकमको दावी भुक्तानी गर्न सक्ने भएपनि महामारी वा आतंकवादी हमला जस्ता खर्बौै रुपैयाँ क्षति भएको अवस्थामा मात्रै भुक्तानी गर्न नसक्ने अवस्था आउने विश्लेषकहरुले जनाएका छन् । केही हजार मानिस मर्दैमा त्यसले बीमा कम्पनीहरुको मुनाफामा समेत खासै प्रभाव नपार्ने विज्ञहरुको भनाई छ । नेपालमा यो रोग नफैलिएकाले यहाँ निर्धक्क रहेको समेत बताए ।

नेपाल पुनर्बीमा कम्पनीका पुर्व सिईओ चिरायु भण्डारीले महाविपत्तिमा भएको क्षतिको बीमा कम्पनीले दावी भुक्तानी गर्न बाध्य नहुने भएपनि अहिले त्यस्तो अवस्था नदेखिएको बताए । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको तथा माहाविपत्तिको स्वरुप ग्रहण नगरेकोले सो सम्बन्धमा अहिले नै प्रतिक्रिया दिन चाँडो हुने उनको भनाई छ ।

यसअघिको इबोला जस्तो महाविपत्तिमा पनि बीमा कम्पनीहरुले दावी भुक्तानी दिएका थिएनन् भने एड्स रोगको उपचारको बीमा दावी भुक्तानी पाइदैन । त्यसैका आधारमा केही पुनर्बीमा कम्पनीहरुले आगामी दिनमा भने कोरोनाका उपचार खर्च बीमा पोलिसीमै उल्लेख गरेर गर्न लगाउने अवस्था आउन सक्ने देखिएको छ ।

नेपालमा कोरोनाको प्रभाव नदेखिएकोले सो सम्बन्धमा कुनै पनि बीमा कम्पनी कोरोनाको दावी भुक्तानी नगर्ने औपचारिक निर्णय गरेका भने छैनन् । महाविपत्ति फैलिएमा के हुन्छ भन्ने विषयमा चर्चा र बहस भने सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS