IME Life New

कैलाश हेलिकप्टरले प्रिमियम मूल्यमा शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाेखरामा आधार बनाएर हेलिकप्टर सेवा सञ्चालन गरिरहेकाे कैलाश हेलिकप्टर लिमिटेडले पनि निकट भविष्यमै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने भएकाे छ। हाल ३० कराेड चुक्ता पूँजी रहेकाे याे कम्पनीले १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेकाे हाे ।

कम्पनीले हालै सार्वजनिक गरेकाे विज्ञप्ती अनुसार सर्वसाधारणबाट ३ कराेड रुपैयाँ चुक्ता पूँजी जुटाउने याेजना छ।

Esewa
Crest

नागरिक उड्ययन प्राधिकरणकाे नयाँ प्रावधान अनुसार पाँच वर्षमा कम्तीमा पाँचवटा हेलिकप्टर सञ्चालनमा ल्याउनुपर्ने प्रावधान भएकाले थप पूँजी जुटाएर दुई वटा हेलिकप्टर थप्ने याेजना रहेकाे कैलाश हेलिकप्टरले जानकारी दिएकाे छ। सन् २०१८ देखि हेलिकप्टर उडान सेवा शुरु गरेकाे याे कम्पनीले सन् २०२४ मा एक थान र सन् २०२६ मा एक थान थप गरी पाँचवटा हेलिकप्टर पुर्‍याउने घाेषणा गरेकाे छ । हाल याे कम्पनीसँग ३ वटा हेलिकप्टर सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS