IME Life New

के देखायो शिवम सिमेन्ट्सको जेठ ६ गतेको फ्लोरसिटले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही दिन देखि निरन्तर रुपमा वृद्धि भएको शिवम सिमेण्ट्सको शेयर मूल्य जेष्ठ ६ गते केही सच्चिएको छ। निरन्तर केही दिन देखि सर्कीट लेभलसम्म पुगेको शिवमको शेयर मूल्य आज भने केही ब्रेक लागेको हो । सुरुवातमा केही वृद्धि भएको शिवमको शेयर मूल्य त्यसपछि भने निरन्तर बिक्रीकर्ता नै हावी थिए ।

आज शिवमको शेयर मूल्य ६६० मा खुलेकोमा दिन भरमा ६७८ को उच्च मूल्य सम्म पुगेको थियो। आज शिवमको शेयर मूल्य न्युनतम ५८० रुपैया सम्म पुगेकोमा बजार बन्द हुँदा ५९५ प्रति कित्ता बन्द भएको थियो। आज शिवम सिमेन्टको दिन भरमा सर्वाधिक २५ करोड ५० लाख बराबरको शेयर किनबेच भएको थियो।

Esewa
Crest

जेष्ठ ६ गतेको फ्लोरसिटले के देखायो ?
केही दिन अघि सम्म आक्रामक रुपमा शिवम सिमेन्टको शेयर खरिद गरिरेहको ब्रोकर नम्बर ५८ बाट भने आज शिवमको ठुलो मात्रामा शेयर बिक्री भएको छ। आज ब्रोकर नम्बर ५८ बाट शिवम सिमेन्टको १ लाख ३७ हजार २ सय ७२ कित्ता शेयर बिक्री भएको छ। ५८ नम्बर ब्रोकर बाट शिवम सिमेन्टको आज ८ करोड ८४ लाख बराबरको शेयर बिक्री भएको छ।

आज सर्वाधिक शिवमको शेयर खरिद गर्नेमा ब्रोकर नम्बर २२ परेको छ। आज ब्रोकर नम्बर २२ बाट १ करोड ५४ लाख बराबरको २४ हजार ५३४ कित्ता शेयर खरिद भएको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS