IME Life New

कृषि विकास बैंक र होमस्टे एशोसियसन नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक र होमस्टे एशोसियसन नेपाल विच वित्तिय तथा सामाजिक र सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सिईओ अनिलकुमार उपाध्याय र होमस्ट एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालल हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामीण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् ।

Esewa
Crest

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार होमस्टे ९घरवास० एशोसियसन नेपालमा आवद्ध देशभरका करीब एक हजार होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुको साथै एशासीयनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS