IME Life New

कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता सम्पन्न भएको छ । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्वन्धमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौतापछि नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपालले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको तथा यसको लाभ स्वाभाविक रुपमा दुवैलाई मिल्ने बताए। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले दुबै संस्था प्रत्यक्ष रुपमा जोडिन पाउँदा बैंक गौरवान्वित भएको बताए ।

नागरिक लगानी कोषले संचालन गरेको अनलाइन सेवा संचालन गर्ने प्रणाली र कृषि विकास बैंकको बैंकिङ प्रणालीबीच स्वचालित रुपमा एपीआई मार्फत् कारोवार गरी सेवा प्रदान गर्ने विषयमा दुवै पक्ष सहमत भई सम्झौता भएको हो ।

यस सम्झौतापश्चात नागरिक लगानी कोषमा रकम जम्मा गर्ने संस्थाले तलव भुक्तानी गर्दाका बखत नै कृषि विकास बैंकको खाता छनौट गरी नागरिक लगानी कोषमा रकम जम्मा गर्न सक्दछन् । यो सेवाको सुरुवात भएपछि नागरिक लगानी कोषमा रकम जम्मा गरी फाँटवारी पठाउनु पर्ने झन्झट नरहने कुरा नागरिक लगानी कोषका निर्देशक गोपाल घिमिरेले बताए ।

नागरिक लगानी कोषका करिव आठलाखभन्दा वढी जम्मा कर्ताहरुको कोषमा रकम जम्मा गरेको विवरण बैंक र कोषको सफ्टवयरबीच स्वचालित प्रणालीबाट सम्वन्ध स्थापित भई फाँटवारी कायम हुने र हिसाव समायोजन तथा फाँटवारी व्यवस्थापनमा सहजीकरण भई दैनिक रुपमा कारोवार रिकन्सिलेशन हुन जाने समेत घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS