IME Life New

कृषि विकास बैंकले ल्यायो भिजा डाइरेक्ट सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ । यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर रहेका भिजा कार्ड होल्डरले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सक्ने बैंकले जनाएको छ।

भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ। यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना झण्झट सहज र सुरक्षित तरिकाले बैकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएको छ।

Esewa
Crest

बैंककाअनुसार भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिनेछ । यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS