IME Life New

कृषि विकास बैंकद्धारा नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषबाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग गरेको छ । प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यससंग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदि वारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुर्याउने कार्यका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

वातावरण संरक्षण सहित शुद्ध खाद्य वस्तुको उत्पादन तथा स्थानीय स्तरमै उचित मुल्य सहित वजार पहुँचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्ष्यमा बैंकको सहयोग पुग्ने बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बताए।

Esewa
Crest

वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्तर्गत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS